arrow

छोरा बिरामी हुँदा नआएका पूर्वराजा आमा बिरामी भएपछि कार्यक्रम छाडेर काठमाडौंमा

logo
प्रकाशित २०७५ फागुन २२ बुधबार
ganendra_ex-king.jpeg

काठमाडौँ । पूर्ववडामहारानी रत्न शाह बिरामी भएकी भएपछि तराई भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह हतारिएर काठमाडौं आउँदैछन् । 

९१ वर्षकी रत्न एक सातादेखि खोकीले सताएपछि मंगलबार बेलुकी नर्भिक अस्पताल भर्ना भएकी थिइन् ।  

उनको स्वास्थ्यमा सुधार भइरहेको चिकित्सकलाई उधृत गर्दै पूर्वराजपरिवारले जनाएको छ । 

पूर्वराजा ज्ञानेन्द्र पूर्वरानीसहित बुधबार बिहान सम्भव भए बिहान नै काठमाडौं आइपुग्नेछन् । 

माघ १३ गते सिमरा हानिएका पूर्वराजा माघ २३ देखि दमकमा छन् । 

उनी वरिवरिका जिल्लालाई कभर गर्ने गरी जनकपुरमा मुकाम बनाउँदै गर्दा आमा बिरामी भएपछि काठमाडौं फर्कन लागेका हुन् । 

यसअघि छोरा पारस शाहलाई हृदयाघात हुँदा भने पूर्वरानी कोमल मात्र काठमाडौं आएकी थिइन् । 

उनको जनकपुर यात्रा कार्यक्रम पछि तय गरिने बताइएको छ । त्यस्तै पूर्वराजा भारत जाने चर्चा पनि छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ