arrow

मैथिली उत्कृष्ट , विकसित र सभ्य भाषा : देउवा

logo
राखी साह,
प्रकाशित २०७५ फागुन १९ आइतबार
deuba5.JPG

जनकपुरधाम । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले मैथिली उत्कृष्ट, विकसित र सभ्य भाषा रहेको बताएका छन् । मैथिली विकास कोष जनकपुरधामको आयोजनामा शनिबारदेखि शुरु भएको ६ दिवसीय जनकपुर साहित्य कला एवं अन्तर्राष्ट्रिय नाटक महोत्सवको  उद्घाटन गर्दै   सभापति देउवाले आफ्नो पार्टी मैथिली भाषाको विषयमा संविधानमै उल्लेख गराउन हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन ।

पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले नेपालमा नेपालीपछि सबभन्दा बढि बोलिने  मैथिली भाषालाई नेपालको दोस्रो भाषाको रुपमा संविधानमै उल्लेख गराउन पहल गर्ने तर्क राखे।
 
 मैथिली भाषाको ईतिहास समृद्ध रहेको चर्चा गर्दै कांग्रेस सभापति देउवाले भने,' पार्टीले यस अघि पनि मैथिली भाषालाई नेपालको दोस्रो भाषाको रुपमा  संविधानमा उल्लेख गराउनका लागि पहल गरेपनि सफल भएनौ ।'

नेपालको हरेक क्षेत्रमा मैथिली भाषाको प्रयोग भएको बोल्दै कांग्रेस सभापति देउवा ले भने नेपालका लागि संघियता आजको आवश्यक्ता रहेको तर्क राखे । कांग्रेस सभापति देउवा ले भने,‘नेपालमा संघियता संस्थागत हुने क्रममा छ, अब संघियतालाई कसैले समाप्त पार्न सक्दैन ।’ एक फरक प्रसंगमा बोल्दै पुर्व प्रधानमन्त्री देउवाले वर्तमान सरकार जनताको अभिव्यक्ति  स्वतन्त्रता , वाक स्वतन्त्रता र जनताको सुसुचित हुने अधिकारलाई कुण्ठित पारेको आरोप लगाएका छन  ।

 कांग्रेस सभापति देउवाले भने सरकारले प्रेसलाई नियन्त्रण गर्न खोजिए लोकतन्त्र कमजोर हुने चिन्ता व्यक्तत  गरेका छन । कार्यक्रममा बोल्दै पुर्व उपप्रधानमन्त्री एवम नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रदेश दुईको नाम मिथिला भोजपुरा प्रदेश र भाषा मैथिली हुनुपर्नेमा जोड दिए।

 मिथिला भोजपुरा बाहेक अन्य नाम यो भूगोलका लागि उपयुक्त नहुने नेता नीधिले बताएको हो । मैथिलीलाई दोस्रो भाषाको रुपमा संविधानको रुपमा उल्लेख गराउन पहिलो पटक सफल नभएपनि यो अभियान जारी नै रहेको नेता निधिले बताए ।  

कार्यक्रममा राजपा नेपालका उपाध्यक्ष एवम राष्ट्रिय सभा सदस्य बृशेषचन्द्र लाल , नेपाली कांग्रेसका केन्द्रिय सदस्य आनन्द प्र.ढ्गाना , रामकृषण यादव , महेन्द्र यादव , प्रदेश नम्बर दुईका  संसदीय दलका नेता रामसरोज यादव , नेकपा नेता रामचन्द्र झा , सत्रुधन महतो सहितका व्यक्तीहरुको उपस्थिति रहेको थियो ।

महोत्सवमा मैथिली भाषामा केन्द्रित भई प्रदेशको सांस्कृतिक परिचय, भाषा र जातीय विभाजनका प्रभाव, भाषा साहित्य संरक्षणमा चुनौती, मातृभाषा संस्कृति र युवा, मैथिली फिल्मको सम्भावना, स्थानीय तहमा मातृभाषा शिक्षण, केन्द्रीकृत पत्रकारिता र मिथिला, प्रदेशको भाषा र नामकरण, मिथिला समाजमा महिलाको सामाजिक तथा सांस्कृतिक भूमिकाबारे नेपाल–भारतका विज्ञबीच संवाद तथा छलफल समेत गरिने छ ।

६ दिवसीय जनकपुर साहित्य कला एवंम् अन्तर्राष्ट्रिय नाटक महोत्सवमा  नेपाल, भारत, बंगलादेश, अफगानिस्तानसहित विभिन्न चार देशका नाट्य संस्थाले नाटक मञ्चन  गर्ने छन  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ