arrow

प्रजातन्त्र स्थापनामा सुवर्णशम्शेरको महत्वपूर्ण भूमिका: नेता पौडेल

logo
प्रकाशित २०७५ फागुन १७ शुक्रबार
ramchandra-daju-news-aa.jpeg

काठमाडौं ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको प्रजातन्त्र स्थापनामा स्व सुवर्णशम्शेर राणाको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

‘सुवर्ण स्मृति परिषद्’ले नेपाली कांग्रेसका संस्थापक नेता सुवर्णशम्शेर राणाको १०९औँ जन्मजयन्तीका अवसरमा बुक्रबार यहाँ आयोजित ‘नेपालको प्रजातान्त्रिक आन्दोलन र सुवर्णशम्शेर’ विषयक विचार गोष्ठीमा उनले सुवर्णशम्शेरको योगदानका कारण मुलुकमा प्रजातन्त्र स्थापना सम्भव भएको बताए।

“विसं २००७ को क्रान्तिको मुख्य नायक नै सुवर्णशम्शेर हुनुहुन्थ्यो,” नेता पौडेलले भने । हातहतियार र मुक्ति सेना निर्माणमा सुवर्णशम्शेरको महत्वपूर्ण योगदान रहेको उनको भनाइ थियो ।

नेता पौडेलले सुवर्णशम्शेर लोकतन्त्रवादी नेता भएको उल्लेख गर्दै भने, “सुवर्णशम्शेरमा सहनशीलता र उदारता भएको कारण नेपालमा प्रजातन्त्र स्थापना भएको हो ।” सुवर्णशम्शेरलाई कांग्रेसले जति सम्मान गर्नुपर्ने हो त्यो सम्मान गर्न नसकेको उनको भनाइ थियो ।

कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सुवर्णशम्शेर आदर्शवादी नेता भएको बताउनुभयो । “सुवर्णशम्शेरको योगदानलाई नेपाली कांग्रेसले भुल्न खोज्यो,” उनले भने । नेता केसीले सुवर्णशम्शेरको योगदान र आदर्शका कारण नेपाली कांग्रेस अहिलेको अवस्थामा आइपुगेको उल्लेख गरे।

कांग्रेस नेता सागरशम्शेर राणाले भने, “राणा भए पनि जनताको अधिकारका लागि सुवर्णशम्शेरले खेलेको भूमिका अतुलनीय छ ।” प्रजातन्त्र सेनानी नुतन थपलियाले कांग्रेसले भिन्न विचारलाई समेटेर अगाडि नबढेसम्म पार्टी अगाडि बढ्न नसक्ने बताए। “विश्वेश्वरप्रसाद कोइराला र सुवर्णशम्शेर राणाको योगदानलाई कांग्रेसले भुले पार्टी समाप्त हुन्छ,” उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ