माछापुच्छ्रे बैंकद्वारा पशुपति क्षेत्र विकास कोषलाई जुत्ता–चप्पल कक्ष हस्तान्तरण
प्रकाशित २०७५ फागुन १७ शुक्रबार
902
Shares
काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले पशुपतिनाथको दर्शनार्थ आउने दर्शनार्थीहरुको सुविधाको लागि जुत्ता–चप्पल कक्ष पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ।
सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले उक्त कक्षको साँचो कोषका सदस्य सचिव डा. प्रदीप ढकालाई हस्तान्तरण गरेका छन्। बैंकले पशुपति मन्दिरमा आउने तिर्थालुजनहरुको सुविधाको लागि जुत्ता–चप्पल लकर कक्ष र सर्वसाधारणको प्रयोगमा आउने धारा निर्माण गरेको हो।
उक्त कक्ष सञ्चालनमा आए पश्चात तिर्थालुजनहरुले आफ्नो जुत्ता–चप्पल लकर कक्षमा सुरक्षित रुपमा राख्न सक्नेछन्। साथै, सोही परिसरमा दर्शनार्थीहरुको बस्न मिल्ने व्यवस्था लागि बेन्चहरु समेत राखिएको बैंकले जनाएको छ।
यसका साथै, पशुपति परिसरमा २४औं घण्टा प्रयोग गर्न मिल्ने गरि एटिएम समेत जडान गरि सञ्चालनमा ल्याईसकेको बैंकले जानकारी दिएको छ।
यस अघि बैंकले सोही परिसरमै मन्दिर दर्शन गर्न आउने दर्शनार्थी तथा पर्यटकहरुले ल्याउने सर–समानको सुरक्षाका निम्ति लकर कक्ष निर्माण गरी पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरिसकेको छ।