करेन्ट लागेर लड्दा मेरुदण्डनै नचल्ने भएका बेघालाई आर्थिक सहयोग
प्रकाशित २०७५ फागुन १७ शुक्रबार
394
Shares
दमक । विद्युत् जडान गर्ने क्रममा गत पुस २२ गते करेन्ट लागेर घाइते भएका पाँचथरका एक युवालाई स्वदेश तथा विदेशमा रहेका बेघा लिम्बू परिवारको सक्रियतामा रु दुई लाख ७३ हजार ७८० सङ्कलन गरी आज प्रदान गरिएको छ ।
करेन्ट लागेर लड्दा मेरुदण्डनै नचल्ने भएका पाँचथर याङवरक गाउँपालिका–२ तिमतिम्बु घर भई हाल झापा, कमल गाउँपालिका–७ मा बस्दै आएका २७ वर्षीय रमेश बेघालाई बेघा परिवारले नै सो सहयोग उपलब्ध गराएका हुन् । बिरामीलाई घरमै पुगेर अभियान टोलीले आज सो सहयोग हस्तान्तरण गरिएको स्थानीय भीम बेघाले बताए।
सोअभियानमा झापाबाट रु ६५ हजार ७८० र हङकङबाट रु दुई लाख आठ हजार सङ्कलन गरिएको थियो । आर्थिक अवस्था कमजोर भएका रमेशको उपचारका लागि पैसा नहुँदा घरमै थलिएर बस्न बाध्य थिए । बिरामीको अवस्था सामाजिक सञ्जालमा सार्वजनिक भएपछि स्वदेश तथा विदेशका बेघाले सो रकम जुटाएका हुन् ।