arrow

योजना आयोगमा डा. खतिवडा

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1544750167.jpeg
काठमाडौं । मन्त्रीपरिषदको बुधबार बिहान सिंहदरबारमा बसेको बैठकले नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. युवराज खतिवडालाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ । डा. खतिवडा दोस्रो पटक आयोगको उपाध्यक्ष बनेका हुन् । एमाले नेता माधवकुमार नेपाल नेतृत्वको सरकारका पालामा पनि खतिवडा उपाध्यक्ष नियुक्त भएका थिए । 

मौद्रिक अर्थशास्त्रका विज्ञ डा. खतिवडासँग राष्ट्रिय योजना आयोगमा सदस्यको रुपमा समेत काम गरेको अनुभव छ । मन्त्रीपरिषद्ले सत्तारुढ नेकपा एमालेको लेखा परीक्षण आयोगका अध्यक्ष डा. पुष्प कँडेलको सट्टा डा। खतिवडालाई नै आयोगको उपाध्यक्षको जिम्मेवारी दिएको हो ।

बैठकले मधेश आन्दोलनका क्रममा आन्दोलनकारीबाट विभिन्न मितिमा मारिएका तीन जना सुरक्षाकर्मीहरु देवबहादुर पाण्डे, काशीराम कामी र थमन विकका परिवारलाई १०÷१० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को बैठकले मंगलबार रसुवाको राम्चेमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै दुर्घटनामा परी घाइते भएकाहरुको प्रभावकारी उपचार गर्न सम्बद्ध अस्पतालहरुलाई निर्देशन समेत दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ