arrow

आज गगन थापाले प्रश्न सोध्ने रविन्द्र अधिकारीले उत्तर दिने कार्यक्रम थियो 

‘यो दुर्घटनाको जाँचबुझ गर्दै गर्दा समग्र नेपालमा हुने हवाई दुर्घटनाका कारण पनि खोतलेर प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र त्यसको अक्षरसः पालना गरियोस्’

logo
प्रकाशित २०७५ फागुन १६ बिहिबार
gagan-rabindra.jpg

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा भएको निधनले आफूलाई स्तव्ध पारेको भन्दै यसको छानबिन गम्भीर रुपले गर्नुपर्ने बताएका छन् । 

उनले जाँच आयोगले गम्भीर भएर खोजबिन गरी अनुसन्धान गरी प्रतिवेदन तयार पार्नुपर्ने बताएका छन् । 

थापाले भने, ‘यो दुर्घटनाको जाँचबुझ गर्दै गर्दा समग्र नेपालमा हुने हवाई दुर्घटनाका कारण पनि खोतलेर प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र त्यसको अक्षरसः पालना गरियोस् ।’

संसदमा मन्त्री अधिकारीले जवाफ दिने कार्यक्रम थियो 
केपी शर्मा ओली नेतृत्वको सरकारले पछिल्लो समय संसदमा जवाफ दिँदै आएको छ । लामो समयको रस्साकस्सीपछि प्रधानमन्त्रीदेखि मन्त्रीसम्मले संसदमा आफ्नो जिम्मेवारीमा आएको विषयलाई संवोधन गर्नुपर्ने हुँदै आएको छ । 

सोही क्रममा बिहीबार मन्त्री अधिकारीले आफ्नो जिम्मेवारीमा आएका विषयबारे सांसदहरुका प्रश्नको जवाफ दिने कार्यक्रम थियो । 

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद गगन थापाले प्रश्न सोध्ने अनि मन्त्री रविन्द्र अधिकारीले जवाफ दिने कार्यक्रम रहेको थियो । 

त्यो सवाल–जवाफ अधुरै भएको छ । निकै जुझारु र विवादरहित तरिकाले सशक्त ढंगबाट अगाडि बढ्दै आएका मन्त्री अधिकारीको नाम पछिल्लो समय वाइडबडी विमान खरिद प्रकरणमा भएको घोटालामा जोडिँदै आएको थियो । 

उनलाई नैतिक जिम्मेवारीको दवाव भए पनि उनले आफूलाई स्पष्ट पार्दै आएका थिए । मन्त्री अधिकारीलाई कास्कीवासीहरुले अहिलेसम्मकै पोखरालाई सबैभन्दा विकसित स्थान बनाउने लक्ष्यसहित अगाडि बढेका नेताका रुपमा चिन्ने गर्छन् । 

उनीहरुले पोखराले मात्र हैन देशले नै निकै ठूलो क्षति ब्यहोरेको बताएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ