arrow

उड्डयन क्षेत्रलाई सुरक्षित तुल्याउन विवेकशील नेपाली दलको आग्रह

logo
प्रकाशित २०७५ फागुन १५ बुधबार
rabindra-adhikari-helecopter.jpg

काठमाडौं ।  विवेकशील नेपाली दलले ताप्लेजुङको फुङलिङ नगरपालिका-१०, सिस्नेमा बुधबार भएको एयर डाईनेष्टीको हेलिकप्टर दुर्घटनामा परी  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको घटनास्थलमा निधन भएको खबरले स्तब्ध भएको जनाएको छ ।

बुधबार शोक वक्तव्य जारी गर्दै दलले  हेलिकप्टर दुर्घटनामा परी मन्त्री अधिकारी, पाइलट क्याप्टेन प्रभाकर केसी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्रीका अङ्गरक्षक अर्जुनकुमार घिमिरे र प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभया सहित सात जनाको घटनास्थलमा नै निधन भएको खबरले विवेकशील नेपाली दल स्तब्ध भएको उल्लेख गरेको छ ।  

विवेकशील नेपालीका प्रवक्ता मिलन पाण्डेद्वार वक्तव्यमा भनिएको छ, 'यस दुखद् घडीमा हामी मृतकहरू प्रति भावपूर्ण श्रद्धान्जली एवं शोक सन्तप्त परिवार अनि आफन्तजनहरू प्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।'

दलले यसरी बारम्बार भइरहने हवाई दुर्घटनालाई न्यून गरी नेपालको उड्डयन क्षेत्रलाई सुरक्षित तुल्याउन गम्भीरतापूर्वक आवश्यक कदम तुरुन्तै चाल्न नेपाल सरकारलाई आग्रह गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ