arrow

युद्ध होईन, शान्ति कायम गरौं : नेपाल

logo
प्रकाशित २०७५ फागुन १५ बुधबार
foreign-ministry.jpeg

काठमाडौं। नेपालले युद्धको स्थिति सिर्जना भईरहेको भारत र पाकिस्तानलाई दुईदेशबीच शान्ति कायम गर्न आग्रह गरेको छ। परराष्ट्र मन्त्रालयले सोमबार एक विज्ञप्ती जारी गर्दै यस्तो जानकारी दिएको हो। 

पुलवामा भारतीय सेनामाथि भएको आक्रमण पछि गम्भीर बन्दै गएको भारत र पाकिस्तानलाई नेपालले यस्तो दाबी गरेको हो। पुलवामा आतंककारी हमलापछि सुरु भएको दुई देशबीचको तनाव भारतको मंगलबारको एयर स्ट्राइकसम्म आईपुग्दा युद्धको स्थितिमा पुगेको छ। 

भारतले पाकिस्तानको लडाकू विमान भारतीय भूमिमा छिरेको आरोप लगाएको छ र केही लडाकू विमानले भारतीय एयर स्पेसको समेत उल्लंघन गरेको भारतको आरोप छ। तर, पाकिस्तानले भने यसको बचाउ गर्दै आफूहरु एलओसी लाईन पार नगरेको दाबी गरिरहेको छ।

सरकारले जम्मू-कश्मीरको एयर स्पेस पूर्ण रुपमा बन्द गरिदिएको छ। यसैबीच भारतमा समेत यस विषयले हलचल मच्चाएको छ। भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभालले गृह मन्त्रालय पुगेर राजनाथ सिंहसँग बैठक समेत सुरु गरिसकेका छन्। यसैबीच दुबै देशले एकअर्काको विमान खसालेको दाबी गरिरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ