arrow

मृतकको शव लिन सेनाको हेलिकप्टर ताप्लेजुङ पुग्यो

logo
प्रकाशित २०७५ फागुन १५ बुधबार
rabindra-adhikari-helecopter.jpg

काठमाडौं । पर्यटन मन्त्री रविन्द्र अधिकारीसहित एयर डायनेस्टिक हेलिकोप्टरमा सवार सातै जनाको शव संकलन गरिएको त्रिभुवन विमानस्थल कार्यलयका महाप्रवन्ध राजकुमार क्षेत्रीले बताएका छन् ।  सेनाको २ बटा हेलिकप्टर शव लिन ताप्लेजुङ पुगिसकेको छ । प्रतिकुल मौसमका कारण सहज स्थानमा शवलाई ल्याइ त्यहाँबाट ल्याइने उनले बताए ।  

हेलिकप्टरमा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित आङछिरिङ शेर्पा अध्यक्ष यति एयरलाइन्स, वीरेन्द्रप्रसाद श्रेष्ठ उपमहानिर्देशक नेपाल नागरिक उड्ययन प्राधिकरण, अर्जुनकुमार घिमिरे मन्त्री अधिकारीका पिएसो, युवराज दाहाल प्रधानमन्त्री कार्यालयका सल्लाहकार, धुब्रदास भोछिभया इन्जिनियर नेपाल नागरिक उड्न प्राधिकरण र हेलिकप्टर क्याप्टेन प्रभाकर केसी रहेका थिए ।

ताप्लेजुङको पाथिभरा जाने क्रममा पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर पाथिभरा मन्दिरको देब्रेपट्टिको भीरमा दूर्घटना भएको पुष्टि भएको छ । अहिले त्यहाँ झण्डै ४० जना जति स्थानीय र आधा दर्जन जति प्रहरी घटनास्थलमा पुगिसकेका छन् ।

स्थानीय होटल व्यवसायी जगत कार्कीका अनुसार अहिले हेलिकोप्टर पूर्ण रुपमा क्षति भएको जनाएको छ भने अझै आगो लागिरहेको छ । सो दूर्घटनामा सबैको ज्यान गएको छ। उनी आठराई गाउँपालिकामा बन्न लागेको विमानस्थलको स्थलगत अवलोकन गरी ताप्लेजुङस्थित पाथीभराको दर्शन गर्न भनी विहान ११ बजे विदा भएका थिए।

गाउँपालिकाका कार्यकारी अधिकृत राजेन्द्र प्रसाद अधिकारीका अनुसार ११ बजे स्थलगत अध्ययन सकेर सो हेलिकप्टर पाथीभराको लागि हिँडेको थियो । त्यसपछि पाथीभराको फेदीमा दूर्घटना भएको भन्ने वडाध्यक्ष अनिल कङ्दङ्वाले जानकारी दिए । हेलिकप्टरमा पर्यटनमन्त्री रविन्द्र अधिकारी सहित ६ जना सवार रहेको डायनोस्टिक एयरले जनाएको छ। जसमा एयर डायनोस्टिकका प्रमुख समेत रहेको बताइएको छ।

ताप्लेजुङको फेदीमा गुराँसे भन्दा पर फोक्सालुङ र फुङ्लिङ नगरपालिकाको सीमानाको बीचमा दूर्घटना भएको हो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ