चुहानडाँडाबाट ११ बजे विदाई भएको थियो पर्यटनमन्त्री अधिकारी चढेको हेलिकप्टर
प्रकाशित २०७५ फागुन १५ बुधबार
287
Shares
काठमाडौं। ताप्लेजुङजाने क्रममा पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर दूर्घटना भएको छ। चुहान डाँडाको कार्यक्रम सकेर पाथिभरा जाने क्रममा ताप्लेजुङको सिस्नेमा हेलिकाेप्टर दुर्घटना भएको हो । उनी आठराई गाउँपालिकामा बन्न लागेको विमानस्थलको स्थलगत अवलोकन गरी ताप्लेजुङ स्थित पाथीभराको दर्शन गर्न भनी विहान ११ बजे विदा भएका थिए।
गाउँपालिकाका कार्यकारी अधिकृत राजेन्द्र प्रसाद अधिकारीका अनुसार ११ बजे स्थलगत अध्ययन सकेर सो हेलिकप्टर पाथीभराको लागि हिँडेको थियो । त्यसपछि पाथीभराको फेदीमा दूर्घटना भएको भन्ने वडाध्यक्ष अनिल कङ्दङ्वाले जानकारी दिए । हेलिकप्टरमा पर्यटनमन्त्री रविन्द्र अधिकारी सहित ७ जना सवार रहेको डायनोस्टिक एयरले जनाएको छ। जसमा एयर डायनोस्टिकका प्रमुख समेत रहेको बताइएको छ।
दूर्घटनामा मानवीय क्षति भए नभएको जानकारी आउन बाकीँ छ।