माहेश्वरी समाजद्वारा सिन्धुपाल्चोकको विद्यालयलाई कम्प्युटर प्रदान
प्रकाशित २०७५ फागुन १५ बुधबार
815
Shares
काठमाडौं। माहेश्वरी समाजले सिन्धुपाल्चोकको जलबीरेमा रहेको एक विद्यालयलाई कम्युटर वितरण गरेको छ। गत शनिबार समाजले सिन्धुपाल्चोक जिल्लाको जलवीरेमा रहेको रामेश्वर माध्यमिक विद्यालयका विद्याथीहरुलाई कम्प्युटर, कम्प्युटर टेबुल, कुर्सी, मादलप्रदान गरेको हो।
त्यसैगरी समाजले उत्कृष्ट विद्यार्थीलाई छात्रबृद्धि पनि प्रदान गर्ने घोषणा गरेको छ। सेवाको कार्यक्रमलाई थप निरन्तरता दिँदै, निशुल्क स्वार्थ शिविर परिक्षण पनि आयोजना गरेको समाजले जनाएको छ। स्वास्थ्य शिविरमा निशुल्क औषधि पनि वितरण गरिएको छ। कार्यक्रमप्रमुख अतिथि पूर्व सूचना मन्त्री मोहन बस्नेतले औषधि वितरण गरेका हुन्।
यस कार्यक्रममा डा.कोमलथापा, कुवेर थापा तथा वडा अध्यक्ष सनत अधिकारीको पूर्ण सहयोग रहेको थियो। महेश्वरी समाज अध्यक्ष वृजमोहन वाहेती, महिक्षा अध्यक्ष सुधा साप्जा, युवा संगठन अध्यक्ष अनिल झंवट, युवा अध्यक्ष निशा भुराजीया लगायतका सदस्यहरुको समेत उपस्थिति रहेको थियो। सुरेश इनानी एवं पवन सोमनीको संयोजकत्वमा यो कार्यक्रम सम्पन्न भएको थियो। २०७२ सालको विनासकारी महा–भुकम्पमा काठमाण्डौं महेश्वरी समाजद्धारा पूननिर्मित स्कुल एवं अस्पतालमा सेवाप्रदान गरिएको थियो।