arrow

तनाव भारत–पाकिस्तानबीच, उच्च सतर्कता नेपालमा 

logo
प्रकाशित २०७५ फागुन १५ बुधबार
Kathmandu-airport.jpg.jpeg

काठमाडौं । भारत र पाकिस्तानबीच मंगलबार आक्रमण भएपछि नेपालमा उच्च सतर्कता अपनाइएको छ । भारतीय वायुसेनाले मंगलबार बिहानै पाकिस्तानमा बम प्रहार गरे लगत्तै दुई देशबीच तनाव बढेको छ । 

आपसमा आरोप प्रत्यारोप चलिरहेको छ भने जम्मु कश्मिरमा रातभर भिडन्त भएको छ । दुई हप्ताअघि जम्मु कश्मिरको पुलवामामा पाकिस्तानी आतंकवादीले भारतीय ४७ सुरक्षाकर्मी मारेपछि निम्तिएको थप दुस्मनीको श्रृंखलाले मंगलबार दरिलो उपस्थिति जनायो । 

भारतको दावी अनुसार भारतले बायुयान प्रयोग गरी ३ सय बढी पाकिस्तानी आतंकवादी लडाकु मारेको छ ।

दुई देशबीचको आक्रमणका लागि नेपालको भूमि प्रयोग हुन सक्ने ठहर गर्दै सुरक्षा निकायले सुरक्षा निगरानी बढाएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित अन्य आन्तरिक विमानस्थल र नेपाल–भारत सीमावर्ती क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको गृह मन्त्रालयले जनाएको छ ।

‘नेपाल हुँदै भारत र ओहोर–दोहोर गर्ने विमान र यात्रुमाथि निगरानी बढाइएको छ भने शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ समेत भएको छ । 

साथै नेपाल हुँदै खाडी मुलुक जाने–आउने विमानका यात्रु र यात्रुका ‘लगेज’ माथि पनि निगरानी बढाइएको छ ।

गत फेब्रुअरी १४ मा पुलवामामा आक्रमण भएपछि काठमाडौंमा भारतीयहरुले पाकिस्तानी दूतावास अगाडि प्रदर्शन गरेका थिए । 

सीमा क्षेत्रहरुमा पनि सुरक्षा अवस्था कडा पारिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ