arrow

अब कांग्रेस प्रवेश गर्नेको लर्को लाग्छ : पौडेल

सरकारले विप्लवको हिंसा नरोक्नु रहस्यमय

logo
प्रकाशित २०७५ फागुन १३ सोमबार
Ram-Chandra-poudel-news-aa.jpeg

रसुवा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले झापामा केपी ओली संलग्न तत्कालिन मालेले सुरु गरेको हिंसात्मक द्धन्दलाई प्रचण्डले बढावा दिए अनि अहिले दुवै नेताले नेतृत्व गरेको सरकारले विप्लवको हिंसात्मक द्धन्दलाई रोक्न नखोज्नु रहस्यमय विषय भएको बताएका छन् । रसुवामा नयाँ शक्ति नेपालका प्रदेश सांसद सहितको टोली नेपाली कांग्रेसमा प्रवेश कार्यक्रममा बोल्दै उनले कम्युनिष्टहरुले हिंसा रोक्न नखोज्नु रहस्यमय भएको बताए।

उनले भने–‘केपी ओली समेत संलग्न भएको पार्टीले झापाबाट सुरु गरेको हिंसात्मक द्धन्दलाई प्रचण्डले देशव्यापी बनाए । अहिले विप्लवको हिंसात्मक द्धन्दलाई वेवास्ता गरिरहेका छन् । यो भन्दा रहस्य अरु के हुन्छ ?’  वरिष्ठ नेता पौडेलले कम्युनिष्टहरुले क्रान्ति मान्छेको टाउको काटेर सुरु गरेको तर कांग्रेसले क्रान्तिको सुरुवात हलो जोतेर गरेको स्मरण समेत गरे।

नेता पौडेलले कम्युनिष्टहरुले वास्तविकता महशुस गर्ने वित्तिकै कांग्रेसमा प्रवेश गर्नेहरुको लर्को लाग्ने बताए । साम्यवादको सपना देख्ने मान्छेहरुले साम्यवाद मिथ्या रहेछ भन्ने महशुस गर्न थालेको पनि पौडेलले बताए। उनले भने–‘अहिले सवै दल नेपाली कांग्रेसले अंगालेको नीतिमा आएका छन् । साम्यवाद मिथ्या रहेछ भन्ने मान्छेहरु बढ्दै छन् । अब कांग्रेस प्रवेशमा लर्को लाग्छ ।’

उनले नेपाली कांग्रेस विगतदेखि बर्तमानसम्म एउटै आर्दशमा रहेको बताउदै प्रश्न गरे–‘हिजो कम्युनिष्ट नेताहरु जे भन्नुहुन्थ्यो, आज त्यो भन्नुहुन्न तर हामी जे भन्ने गर्दथ्यौ आज पनि त्यही भन्दै छौ ।’ पौडेलले देशको समृद्धिको यात्रा कम्युनिष्टबाट संभव नहुने स्पष्ट पारे।

पौडेलले भने–‘प्रधानमन्त्रीले समृद्धिको जग बसाएको भाषण गर्नुभएको छ । आम नागरिकले महसुश गर्नुभएको छ ? के आज समृद्धिको जग बसेको छ ?’ पौडेलले प्रश्न गरे –‘समृद्धिको जग भनेको वाइडवडीमा चार अर्ब, एनसेल काण्ड अनि सुन काण्ड हुन ?’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ