-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । मौसमले फेरि बेइमानी गरेको छ । शनिबारसम्म निकै राम्रो फर्ममा आइसकेको मौसम आइतबारदेखि गडबढी हुँदै सोमबार त झनै चिसो बनाएको छ ।
हरेक साता दोहोरिदै आएको पश्चिमी वायुको प्रभावले फेरि मुलुकभरको मौसम प्रभावित बनाएको हो ।
यो गडबडी बुधबारसम्म कायम रहने जलत था मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिवार राती भित्रिएको पश्चिमी वायुको प्रभाव केही कमजोर रहेको र त्यसको असर बुधबारसम्मै रहने मौसमविद् राजु प्रधानाङ्गले जनाए ।
आकाशमा छिनछिनमा देखिने बादलले थप समस्या निम्त्याएको हो ।