arrow

सरकारी अधिनायकवादको कांग्रेसले डटेर सामना गर्ने देउवाको घोषणा

logo
प्रकाशित २०७५ फागुन ११ शनिबार
Deuba_Kaski_NPU.jpg

कास्की । नेपाली कांग्रेशका सभापती शेर बहादुर देउवाले ओली सरकार अधिनायकवाद तिर अघि बढिरहेको र यस्तो कदमको कांग्रेसले डटेर मुकाबिला गर्ने बताएका छन्।

नेपाल प्रेस युनियन कास्को जिल्ला सम्मेलन उद्घाटनको क्रममा देउवाले उक्त कुरा बताएका हुन्। संविधानले दिएको मौलिक हकहरुलाई पनि बिभिन्न कानुन ल्याएर दबाउने काममा अग्रसर रहेको ओली सरकार असफल भैसकेको र आफ्नो साख जोगाउन अनेक प्रपोगण्डा अपनाईरहेको बताएका छन्।

उक्त कार्यक्रममा नेपाल प्रेस युनियन राष्ट्रीय पत्रकारिता पुरस्कारबाट कविर राणा र समिरजंग शाह पुरस्कृत भएका छन्। कविर राणा देशान्तर मिडिया ग्रुपका अध्यक्ष एवं लामो समयदेखि पत्रकारिता मार्फत लोकतन्त्रको वकालत गरिरहेका अग्रज ब्यक्तित्व हुन्।

त्यसैगरि समिरजंग शाह रेडियो नेपालसँग आबद्ध पत्रकार हुन् र उनले नेपाल प्रेस युनियनको नेतृत्व पनि सम्हालीसकेका छन्। उनी नेपाल प्रेस युनियनका पुर्व अध्यक्ष हुन्।

दुवै पत्रकारलाई शेरबहादुर देउवाले सम्मानित गरेका थिए। उनले पत्रकारहरुलाई लोकतन्त्रका पक्षमा र सरकारको अधिनायकवादी चरित्र उदांगो पार्न कलम चलाउन पनि आग्रह गरे।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ