arrow

काठमाडौं नै अवैध कारोबारको हब बन्दै, २१ किलो चरेससहित चार जना पक्राउ

logo
प्रकाशित २०७५ फागुन १० शुक्रबार
crime.jpeg

काठमाडौँ । देशको मुख्य केन्द्रस्थल राजधानी काठमाडौं नै अवैध कारोवारको हब बन्दै जान थालेको छ । राजधानीमै अपराधका विभिन्न घटनाहरु सार्वजनिक हुँदै गर्दा सुरक्षामाथि गम्भीर प्रश्न उठ्न थालेको छ ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गले बिहीबार साँझ मात्र २१ किलोग्राम चरेससहित चार जनालाई पक्राउ गरेको छ । 

वृत्तको टोलीले चरेससहित मकवानपुरका २६ वर्षीय रामकुमार मोक्तान, २५ वर्षीय रमेशकुमार मोक्तान, २५ वर्षीय सुकराम गोले र २४ वर्षीय राजेन्द्र गोलेलाई पक्राउ गरेको हो । 

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होवीन्द्र बोगटीले शङ्कास्पद रुपमा झोलामा बोकेर हिँडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जानकारी दिए । 

पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ