arrow

भाँडा माझ्न गएकी १४ वर्षीया बालिका करणीपछि फरार

logo
प्रकाशित २०७५ फागुन ९ बिहिबार
Rape.jpg.jpeg

सप्तरी ।  बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नगरपालिका–७ स्थित मामाघर बस्ने १९ वर्षीय सिनबाज शेख भनिने रबानी मियाँविरुद्ध चलिरहेको जबरजस्ती करणीको मुद्दा जिल्ला अदालतले बुधबार मुल्तबीमा राख्ने फैसला गरेको छ ।

जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले अराोपित विरुद्धको मुद्दा मुल्तबीमा राख्ने फैसला गरेको जिल्ला अदालत सप्तरीले जनाएको छ । आरोपित बस्ने घरमा भाँडा माझ्न गएकी १४ वर्षीया बालिकालाई २०७० फागुन २ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले २०७० फागुन ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

प्रहरीले ०७० फागुन १२ गते जबरजस्ती करणीको उजुरी दर्ता गरे पनि फरार आरोपित पक्राउ परेका छैनन् । जिल्ला अदालतले २०७० चैत ५ गते आरोपितलाई वारेण्टसहितको म्यादी पुर्जी जारी गरे पनि हालसम्म फेला नपरेकाले मुद्दा मुल्तबीमा राखिएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ