ट्रिपर आतंक : भक्तपुरमा मोटरसाइकल ठोक्किँदा विशुराजको मृत्यु
प्रकाशित २०७५ फागुन ८ बुधबार
389
Shares
भक्तपुर । काभ्रेको नालाबाट भक्तपुर तर्फ आउँदै गरेको बा ५ ख ७७ ४७ नं को ट्रिपरले चाँगुनारायण नगरपालिका–९ ताथलीमा बुधबार दिउँसो बा ४० प ५४०४ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कञ्चनपुर घर भएका २९ वर्षीय विशुराज पन्तको घटनास्थलमै मृत्यु भएको छ ।
प्रहरीले ट्रिपर र ट्रिपर चालक विनोद तामाङलाई नियन्त्रणमा लिएको छ ।