arrow

ग्यास उद्योग सङ्घ आन्दोलनमा, माग पूरा नगरे ग्यास नपाइने

logo
प्रकाशित २०७५ फागुन ८ बुधबार
gas-cylinder.jpg.jpeg

काठमाडौँ ।  नेपाल एलपी ग्यास उद्योग सङ्घले आफ्ना माग पूरा नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । सङ्घले बुधबार पत्रकार सम्मेलन गरी सरकारलाई पटक÷पटक जानकारी गराउँदा पनि सुनुवाइ नगरेकोले बाध्यतावश आन्दोलनका कार्यक्रम घोषणा गरिएको अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए ।

उनले चर्को ब्याजदर आधिकारिक बिक्रेतालाई व्यवस्थित तथा सुरक्षित गर्नका लागि कानून निर्माण नहुँदा उद्योगका आधिकारिक बिक्रेता र उपभोक्तालाई असर परेको समेत बताए ।

सङ्घले नेपाली ग्यास उद्योगको नेपाली नम्बरका नीजि ग्यास बुलेट सञ्चालन गर्न पाउनुपर्ने, एपी ग्यासको कोटा निर्धारण गर्नुपर्ने, ग्यासको बिक्री मूल्य कटौती गरी एक रुपैयाँ कायम गर्नुपर्ने, सिलिण्डर तथा ग्यास दुर्घटनाको बीमा गर्नुपर्ने र एलपी ग्यास विनियमावली २०६५ को समयानुकूल परिमार्जन गर्नुपर्ने माग राख्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ