arrow

फागुन ७ को अबसरमा सभापति शेरवहादुर देउवाद्वारा जारी विज्ञप्ति

logo
प्रकाशित २०७५ फागुन ७ मंगलबार
deuba13.jpg

एक युगमा आएको इतिहासको एक गौरवमय दिन, जसले राणा शासनको अन्त्य गरेर रैतिवाट नेपाली नागरिकमा हामीलाई परिणत त गर्‍यो नै आधुनिक नेपालको नविन यात्रापनि प्रारम्भ गर्‍यो । आजको मितिमा आइपुगेर हामीले स्थापित गरेको लोकतन्त्र, समावेशीता र संघीयताको प्रारम्भीक जग थियो त्यो दिन ।

फागुन ७, हाम्रा पछिल्ला सवै संघर्ष र क्रान्तिहरुको जननि थियो । यो घडिमा म त्यो दिन सम्भव तुल्याउन बलिदान दिएका प्रथम शहिद लखन थापा मगर देखि अमर शहिदहरु शुक्रराज, धर्मभक्त, गंगालाल र दशरथ लगायतमा भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु ।

नेपाली कांग्रेसको नेतृत्वमा सम्पन्न भएको त्यो क्रान्तिका महानायक वीपी कोइराला, मुक्ति सेनाका लडाकुहरु एवं त्यो क्रान्तिमा सहभागीता जनाउने समस्त नेपालीलाई यो घडी असिम श्रद्धाका साथ स्मरण गर्दछु ।

राणा शासनबाट देशलाई मुक्ति दिलाएर स्थापित गरिएको स्वाधिनता पछि आजको मितिसम्मका हरेक राजनैतिक परिवर्तन एवं आर्थिक समृद्धिको दिशामा हिंसा र अस्थिरताका बावजुद नेपाली कांग्रेसले निर्वाह गरेको ऐतिहासिक भूमिकालाई नवीन सन्दर्भमा नविन ढंगले अघि बढाउन फागुन ७ को पुरानो मितिले नविन प्रेरणा निरन्तर हामीलाई दिईरहेको छ । यो घडी त्यहि उद्देश्यमा दृढता प्रकट गर्दै समस्त नेपालि दिदी वहिनि, दाजुभाइमा प्रजातन्त्र दिवसको हार्दिक शुभकामना प्रकट गर्दछु ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ