धनकुटा । ६९ औं राष्टिय पजातन्त्र दिवसको अवसरमा मंगलबार धनकुटामा प्रभात फेरी सभा र लोकतन्त्र र निर्वाचन विषयक अन्र्तक्रिया समेत कार्यक्रम सम्पन्न भयो । प्रजातन्त्र दिवस मुल समारोह समिति धनकुटाको आयोजनामा धनकुटको मदन चौकबाट शुरु भएको प्रभातफेरीले धनकुटा बजारको विभिन्न भागहरुको परिक्रममा गरी देव्रेवास स्थित जिविसमा पुग सभा र अन्र्तक्रिया कार्यक्रमका परिणत भएको थियो ।
प्रजातन्त्र दिवस मुल समारोह समिति धनकुटका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख टंक वहादुर चुवानको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा धनकुटा नगरपालिकाका उप्रमुख सकुन्तला वस्नेत,सहायक प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडा, नेकपा धनकुटका सदस्य भीम राई, नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राई, गैसस महासंघ धनकुटका अध्यक्ष मिन प्रसाद सुवेदी लगायतले लोकतन्त्र सवै नागरिकहरुको जिवन प्रद्धतीसंग गासिने पर्ने र सवैको कर्म लोकतान्त्रिक हुनु पर्नेमा जोड दिदै लोकतन्त्रमा स्वतन्त्र र शान्तिपूर्ण आवाधिक निर्वाचन हुनु पर्ने विचार व्यक्त गरे ।
कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय धनकुटका प्रमुख केवल प्रसाद रेग्मीले निर्वाचन सम्वन्धी कार्यपत्र प्रस्तुत गरे भने कार्यक्रमको संचालन जिल्ला समन्वय समितिका वरिष्ठ कार्यक्रम अधिकृत सिताराम गौतमले गरेका थिए ।
कार्यक्रममा विभिन्न संघ संस्था तथा सरकारी कार्यालयका कर्मचारीहरु,नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी,जननिर्वाचित प्रतिनिधिहरु,राजनैतिक दलका नेताहरु लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो ।