arrow

जसरी जेमा पनि विरोध गर्ने प्रवृत्तिबाट कांग्रेस मुक्त हुनुपर्छ : प्रवक्ता श्रेष्ठ

कांग्रेस निरपेक्ष विरोधवादको शिकार

logo
प्रकाशित २०७५ फागुन ६ सोमबार
narayankaji-shrestha-maobadi.jpg

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस ‘सरकारले जे गर्दा पनि विरोध गर्ने निरपेक्ष विरोधवादको शिकार भएको’ बताएका छन् ।

जनताले दुईतिहाई भन्दाबढी जनादेश दिएको सरकारले गरेका काम कारवाहीको आलोचनात्मक दृष्टिकोण राख्ने भन्दा पनि विरोध गर्ने प्रवृत्ति देखिएको उल्लेख गर्दै उनले भने, “जसरी पनि विरोध गर्ने, जेमा पनि विरोध गर्ने प्रवृत्तिबाट कांग्रेसमुक्त हुनुपर्छ ।”

नेपाली कांग्रेसले आफूलाई भन्दै आएको लोकतन्त्रवादी चरित्र निर्वावाह गर्न नसकेको उल्लेख गर्दै उनले भने, “जनताले दुईतिहाई मत दिएको सरकार छ, तर सरकार चाही मैले भनेको जस्तो गरेर चल्नुपर्छ भने कांग्रेसमा सबैभन्दा ठूलो तुष छ ।”

विधेयक तथा समान्य प्रस्ताव पारित गर्दासमेत विरोध गर्ने, पारित गर्न पाइदैन भनेर अवरोध गर्ने अलोकतान्त्रिक चरित्र कांग्रेसले देखाएको प्रवक्ता श्रेष्ठको गुनासो थियो ।

कांग्रेस लोकतान्त्रको मूल्यमान्यताविरुद्ध गएको भन्दै उनले भने, “जनादेशअनुसार सरकार चल्नुपर्छ, कांग्रेस वाचडग हुने र जनतामा जाने हो तर विधान र विधिसम्मत् लोकतान्त्रिक तरिकाले जानुपर्नेमा कांग्रेस गएन ।”

सुशासन कायम गर्दै र समृद्ध नेपाल बनाउने साझा अभियान हामी सबैको भए पनि राष्ट्र निर्माणको यो अभियान पूरा गर्न उक्त दलले सहयोग गर्नुपर्नेमा जे गरे पनि विरोध गर्ने निरपेक्ष विरोधवादको सिद्धान्तबाट कांग्रेसमुक्त हुनुपर्ने प्रवक्ता श्रेष्ठको टिप्पणी थियो ।

सरकारको काम कारवाहीलाई पार्टीले अझ प्रभावकारी र परिणामुखी बनाउन थप छलफल गर्ने जानकारी दिँदै उनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र योजनालाई कार्यान्वयन गर्न लागिपर्ने बताए ।  सरकारका नीति तथा कार्यक्रम सकारात्मक रहेको भन्दै ती विषयलाई आत्मसात् गर्नु आजको आवश्यकता भएको र सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माण गर्नु आजको प्रमुख कार्यभार रहेको प्रवक्ता श्रेष्ठको भनाइ थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ