arrow

नेपालमा लगानी गर्ने उत्तर कोरियाको इच्छाप्रति अमेरिकाले देखायो चासो 

logo
प्रकाशित २०७५ फागुन ४ शनिबार
us-ambassdor.jpg

काठमाडौं। उत्तर कोरिया नेपालमा लगानीको इच्छुक रहेकोप्रति अमेरिकाले चासो देखाएको छ। नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले सामाजिक सञ्जाल ट्वीटरमा नेपालमा उत्तर कोरियाको नेपालमा लगानीको इच्छाप्रति चासो देखाएका हुन्। शुक्रवार ट्वीटरमा उनले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले विदेशी भूमिमा लगानी गर्न उत्तर कोरियालाई रोक लगाएको अवस्थामा यो समाचार आउनु निकै रोचक रहेको उल्लेख गरेका छन्। 

यसअघि उत्तर कोरियाका नयाँ राजदूतले सभामुख कृष्णबहादुर महरासँगको भेटमा यस्तो इच्छा व्यक्त गरेको समाचार सार्वजनिक भएको थियो। विभिन्न सामाजिक सञ्जाल तथा नेपालका प्रमुख सञ्चारमाध्यममा उक्त समाचार सार्वजनिक भएको थियो। 

Image may contain: 2 people, text

सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा प्रकाशित प्रतिवेदन अनुसार उत्तर कोरियाली राजदूत जो योङ म्यानले गत जनवरीमा काठमाडौंमा सभामुख महरासँग द्विपक्षीय सम्बन्धबारे छलफल गरेका थिए। उनले नेपाल र उक्त कोरियासम्बन्ध विस्तारको आशा पनि व्यक्त गरेका थिए। साथै नेपालमा जलविद्युत् तथा कृषि क्षेत्रमा लगानीको लागि उत्तर कोरिया इच्छुक रहेको बताएका थिए। सन् २०१५ मा पनि ५४ उत्तर कोरियाली कामदारहरु नेपालको जलविद्युत् निर्माणमा अवैधरुपमा काम गरिरहेको पाइएको थियो।

Image may contain: 2 people, people sitting, suit and indoor

उत्तर कोरियामाथिको अन्तर्राष्ट्रिय प्रतिबन्धको कारण उत्तर कोरियासँग नयाँ श्रम सम्झौतामा रोक लगाइएको छ। उत्तर कोरियाली राजदूतले गृहमन्त्री रामबहादुर थापासँग पनि भेटवार्ता गरेका थिए। यसअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पनि उत्तर कोरिया भ्रमण अन्तर्राष्ट्रिय दबाबको कारण रद्द भएको थियो।

विशेषगरी अमेरिकाले उत्तर कोरियाको प्रतिबन्ध पालना गर्न विशेष जोड दिँदै आएको छ। गत डिसेम्बरमा परराष्ट्रमन्त्री प्रदीप ज्ञावालीले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग भेटवार्ता गरेका थिए। भेटमा अमेरिकाले उत्तर कोरियामाथिको प्रतिबन्ध पालनाका लागि जोड दिएको थियो। 

नेपाल र उत्तर कोरियाको बीचमा सन् १९७४ मा दौत्य सम्बन्ध कायम भएको थियो। उत्तर कोरियाले त्यसै वर्ष नेपालमा दूतावास खोलेको थियो। तर अहिलेसम्म उत्तर कोरियामा नेपालको दूतावास भने छैन। नेपालले चिनियाँ राजदूतको माध्यमबाट उत्तर कोरिया हेर्ने गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ