arrow

सभापति देउवाद्वारा जम्मु–कश्मिरको घटनाप्रति दुःख व्यक्त

logo
प्रकाशित २०७५ फागुन ३ शुक्रबार
deuba-ganeshmanko-batoma.jpeg

काठमाडौं। नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भारतको जम्मु–कश्मिरको पुलवामामा बिहीबार भएको आत्मघाती हमलाप्रति दुःख व्यक्त गरेका छन्। सभापति देउवाले आज एक विज्ञप्तिमार्फत सो घटनाले सम्पूर्ण विश्वलाई नै शोकविह्वल र स्तब्ध बनाएको उल्लेख गर्दै त्यस्ता आतङ्ककारी घटनाको पुनरावृत्ति हुनु अत्यन्त दुःखद भएको बताएका छन्। उक्त हमलामा भारतको केन्द्रीय रिजर्भ पुलिस बलका ४० जनाको मृत्यु भएको थियो।

‘विश्वको जुनसुकै कुनामा हुने मानवता विरुद्धका यस्ता आतङ्ककारी घटनाको काङ्ग्रेस सदैव घोर निन्दा र भत्र्सना गर्दछ, हत्या, हिंसा र आतङ्क सदाका लागि अन्त्य गरिनुपर्दछ भन्ने काङ्ग्रेसको स्पष्ट धारणा रहँदै आएको छ,’ विज्ञप्तिमा उल्लेख छ। उनले यस दुःखद क्षणमा आफ्नो व्यक्तिगत र पार्टीका तर्फबाट भारत सरकार र भारतीय जनताप्रति सहानुभूति प्रकट गर्दै धैर्यताका साथ अगाडि बढ्न आग्रह गरेका छन्।

सभापति देउवाले घटनामा परी निधन भएका सबैप्रति श्रद्धाञ्जलि अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना, उहाँहरुका परिवारजनप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ