arrow

गोजीमा २४ लाख बराबरको सुन बोकेर हिडेका छिरिङ पक्राउ

logo
प्रकाशित २०७५ फागुन ३ शुक्रबार
gold-pure2.jpeg

रसुवा ।  पासाङ ल्हामु राजमार्गको खोपाङबाट आज एक जना सुनसहित पक्राउ परेका छन् । गोसाइँकुण्ड गाउँपालिका–१ थुमनका २९ वर्षीय दावा छिरिङ तामाङ ४६२ ग्राम सुनसहित पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले काठमाडौँतर्फ जाँदै गरेको बसमा जाँच गर्दा तामाङको प्यान्ट्सको खल्तीमा सुन भेटिएको प्रहरी निरीक्षक रञ्जन अवाले जानकारी दिए ।

उक्त सुनको बजार मूल्य  २४ लाख ५९ हजार रहेको छ । रसुवागढी नाका भएर २०७२ मङ्सिर १५ गतेदेखि हालसम्म प्रहरीले ४१ किलोभन्दा बढी सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ