arrow

घुस लिएका पाठकको नाम आयुक्तको सूचीबाट हट्यो

logo
प्रकाशित २०७५ फागुन ३ शुक्रबार
raj-narayan-pathak.jpg

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकको नाम आयुक्तको सूचीबाट हटाइएको छ । आयोगका प्रवक्ता रामेश्वर दङ्गालले पाठकलाई आयुक्तको सूचीबाट हटाइएको जानकारी दिए। आर्थिक लेनदेनसम्बन्धी विवादमा मुछिएपछि आयुक्त पाठकले आजै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा दिएका थिए ।

राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आयोगका आयुक्त पाठकले आजदेखि लागू हुने गरी राजीनामा दिएको जानकारी दिए ।

भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका सञ्चालकसँग घुस लिएको भिडियो केही व्यक्तिहरूबीच सार्वजनिक भएपछि उनमाथि नैतिक प्रश्न खडा भएको थियो । आफूलाई फसाइएको दावी गर्दै आएका पाठकलाई राजीनामा दिनुको विकल्प थिएन।

सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आयुक्त पाठकले राजीनामा नदिए महाभियोग लगाउने जनाएको थियो । महाभियोगको कुरा गरे पनि राजिनामा दिए सबैलाई सजिलो किसिमले कुरा अगाडि बढेको श्रोतले जनाएको थियो।

कलेजको स्वामित्व विवादमा रहेको इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपानेले आयुक्त पाठकलाई ७८ लाख घुस दिएको समाचार सार्वजनिक भएसँगै नेकपाले महाभियोगको छलफल अगाडि बढाएको हो तर शिर्ष नेतृत्व राजिनामा दिए हुने भन्ने मनसायमा रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ