काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठखले राजिनामा दिएका छन्। महाभियोग लाग्ने तयारी हुँदै भन्ने चर्चा चलेसंगै आयक्त पाठकले राष्ट्रपति समक्ष राजिनामा दिएको श्रोतले बताएको छ।
भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका सञ्चालकसँग घुस लिएको भिडियो केही व्यक्तिहरूबीच सार्वजनिक भएपछि उनमाथि नैतिक प्रश्न खडा भएको थियो ।
आफूलाई फसाइएको दावी गर्दै आएका पाठकलाई राजीनामा दिनुको विकल्प थिएन।
सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आयुक्त पाठकले राजीनामा नदिए महाभियोग लगाउने जनाएको थियो । महाभियोगको कुरा गरे पनि राजिनामा दिए सबैलाई सजिलो किसिमले कुरा अगाडि बढेको श्रोतले जनाएको थियो।
कलेजको स्वामित्व विवादमा रहेको इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपानेले आयुक्त पाठकलाई ७८ लाख घुस दिएको समाचार सार्वजनिक भएसँगै नेकपाले महाभियोगको छलफल अगाडि बढाएको हो तर शिर्ष नेतृत्व राजिनामा दिए हुने भन्ने मनसायमा रहेको थियो ।
घुस रकम लिएको प्रमाणस्वरुप सिंगो भिडियो नै बाहिर आइसकेपछि अब त्यसलाई पुष्टि गरिरहनु पर्ने आवश्यकता देखिँदैन ।
पाठकले सार्वजनिक रुपमा जवाफ दिनुपर्नेमा कानुनमन्त्री भानुभक्त ढकाल छन् । अर्थात् नैतिक समाधान नगर्ने हो भने आयुक्तका लागि अबको घडी उपयुक्त नदेखिने संकेत सरकार र सत्ताधारीले दिइसकेको थियो।
पाठकको घुस प्रकरणको भिडियो प्रधानमन्त्री केपी शर्मा ओली समक्ष पुगिसकेको थियो ।