arrow

बेलहिया नाकामा पर्यटकका गाडीलाई रोकावट

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1446602962.jpeg
लुम्बिनी । रुपन्देहीको बेलहिया सुनौली नाकाबाट पर्यटक सवारी साधन आउन सकेको छैनन् । सुरक्षाको कारण देखाउँदै भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले सीमा नाका बेलहिया बन्द गरेपछि पर्यटक सवार बससमेत आउन सकेका छैनन् । जसबाट बुद्ध जन्मस्थल लुम्बिनी आउने पर्यटक पनि प्रभावित बनेका छन् । 

बेलहिया नाका हुँदै मंगलबार बिहानैदेखि मालबहाक तथा सवारी साधन नेपाल प्रवेशमा पूर्णप्रतिवन्ध लगाएको छ । बेलहियासहित नेपालसँग सीमा जोडिएको लुम्बिनी अञ्चलका तीनवटा जिल्लाका सीमा नाकाबाट आज पनि आयात निर्यातसहित सवारी साधन पनि ठप्प रहेको लुम्बिनी अञ्चल प्रहरी कार्यालयले जनाएको छ । 

भारतीय पक्षले लुम्बिनी अञ्चलको रुपन्देही, कपिलबस्तु र नवलपरासीको भारतसँग सीमा जोडिएका बेलहिया, महेशपुर, मर्यादापुर र कृष्णनगर नाकाबाट कुनै पनि मालबहाक साधन आवतजावत गर्न दिएको छैन । 

नाकाबन्दीका कारण नेपाल आउने तयारीमा रहेका सयौँ सवारी साधन भारतीय भूमिमा नै अलपत्र परेका छन् । नाका सुचारु गर्ने विषयमा भारतीय अधिकारीसँग रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले पटकपटक छलफल गरेपनि नाका खुल्ने गरी सहमति हुन सकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ