यस्तो भान्साघर जहाँ खाना पूरा नखाए पाइन्छ ठूलो सजाय
प्रकाशित २०७५ फागुन २ बिहिबार
468
Shares
काठमाडौं । बाहिर खाना खाने क्रममा धेरैले पूरै खाना निखारेर खाँदैनन् । खाँदैखाँदै प्लेटमा अलिकति भए पनि छुटिहाल्छ । यसलाई ध्यानमाा राख्दै भारतको तेलंगनामा एक दम्पत्तीले यस्तो भान्साघर खोलेका छन्, जहाँ उनीहरुले खाना खेर नफाल्ने वाचा गरेका छन् । यसका लागि उनीहरुले केही नियम पनि बनाएका छन् ।
तेलंगानामा रहेको ‘केदारी फूड कोर्ट’मा यदि कसैले खाना खेर फालिरहेको पाइएमा उसले ८० रुपैयाँ जरिवाना तिर्नुपर्ने हुन्छ । साथै यदि पूरा खाना खाएर अलिकति पनि खेर नफाल्ने मानिसलाई १६ रुपैयाँ पुरस्कार पनि दिइन्छ ।
सन् २००२ देखि यो भान्साघर सञ्चालनमा छ । यो नियम भने २ वर्षपहिला मात्र ल्याइएको हो । भान्साघरका मालिकले यो नियम ल्याउनुको एकमात्र उद्देश्य खाना खेर नजाओस् भन्ने रहेको बताए ।
उनले अहिलेसम्म झण्डै २३ हजार रुपैयाँ जरिवानाबाट असुल गरेका छन् । यो रकम उनी कुनै अनाथालयको नाममा दिन चाहन्छन् । त्यसका साथै यो भान्साघरमा मानिसहरु कुनै पनि अवस्थामा खाना खेर नजाओस् भन्ने कुराको ध्यान राख्ने गर्छन् । यतिमात्र होइन, यो भान्साघरमा मदिरा पिएर खाना खान आउने मानिसलाई खाना दिइँदैन ।