arrow

बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

logo
प्रकाशित २०७५ फागुन २ बिहिबार
dead2.jpg

सर्लाही । पूर्व पश्चिम लोकमार्ग अन्तरगत सर्लाहीको बाँके जंगलमा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।  बिहिबार सर्लाहीको ईश्वरपुर नगरपालिका १२ स्थित बाँके जंगलमा बसको ठक्करबाट बा ३० प २४१९ नम्बरको मोटरसाईकलमा सवार हेटौडा उपमहानगरपालिका ९ निवासी ४० बर्षका बैकुण्ठमणी धितालको मृत्यु भएको हो ।

काकडभिट्टाबाट काठमाण्डौको लागी छुटेको ना ४ ख ६७३० नम्बरको यात्रु बाहक बसको ठक्कर दिएको मृतक धितालको घटना स्थलमै ज्यान गएको प्रहरी कार्यलय फुलजोरले जनाएको छ ।
 
मृतक धितालको सव पोष्टमार्टमको लागी जिल्ल अस्पताल मलंगवा पठाईएको प्रहरीले जनाएको हो । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरुगरेको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ