arrow

पशुपति, प्रकाशचन्द्र र कमल थापाको उद्धेश्य एकै बाटो फरक 

logo
प्रकाशित २०७५ फागुन २ बिहिबार
rpp-rpp.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले हिन्दू राष्ट्रको पुनःस्थापनालगायत विषयलाई अभियानका रुपमा सातै प्रदेशमा लैजाने भएको छ । मुलुकमा राष्ट्रियता कमजोर भएको र सामाजिक रुपान्तरण हुन नसकेको अहिलेको अवस्थामा पार्टीका आदर्शलाई देशभर पुर्याउने अभियान छिट्टै शुरु गर्न लागेको पार्टीले जनाएको छ । 

केन्द्रीय कार्यालयमा पार्टीका अध्यक्षद्वय डा प्रकाशचन्द्र लोहनी र पशुपतिशम्शेर जबराले बुधबार पदवहालीका क्रममा देशको पहिचान कायम राख्न हिन्दू राष्ट्रको महत्व रहेको बताउँदै जनताको विकास र समृद्धि भए मात्र परिवर्तन संस्थागत हुनसक्ने बताए । 

हालै एकीकरण भएको उक्त पार्टीले एक महीनाभित्रमा दुवै पार्टीको विधानलाई आधार मानेर आन्तरिम विधान निर्माण तथा एक वर्षभित्रमा एकीकृत पार्टीको महाधिवेशन सम्पन्न गर्नेछ । 

कमल थापाको राप्रपा पनि अभियानमा 

यसैबीच कमल थापा नेतृत्वको राप्रपाले हिन्दू राष्ट्र, राष्ट्रिय अखण्डताको रक्षालगायत उद्देश्यले यही फागुन १५ गते ताप्लेजुङदेखि मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा शुरु गर्ने भएको छ । 

ताप्लेजुङबाट पाँचथर, इलाम, झापासहित तराईका २२ जिल्ला र देशका विभिन्न भाग हुँदै सुदूरपश्चिमको कञ्चनपुर पुग्ने छ । यसपछि कञ्चनपुरबाट सो यात्रा बुटवल पाल्पा, स्याङ्जा, कास्की हुँदै आगामी फागुन २९ गते उपत्यका प्रवेश गर्ने र ३० गते विशालसभा गरी समापन गर्ने छ । 

यात्रालाई व्यवस्थित र प्रभावकारी ढङ्गबाट सम्पन्न गर्न केन्द्रमा सचिवालय स्थापना गरी यात्राको सम्पूर्ण तयारी गरिएको छ भने जिल्लाको तयारीका लागि केन्द्रबाट विभिन्न चार टोली पठाइएको पार्टी नेतृ कुन्तिदेवी पोखरेलले जानकारी दिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ