प्रचण्डले भने ‘जनयुद्ध दिवस मनाउने निर्णय ओलीको पनि’
प्रकाशित २०७५ फागुन १ बुधबार
372
Shares
काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले जनयुद्ध दिवस मनाउने निर्णय आफू र प्रधानमन्त्री केपी शर्मा ओलीले मिलेर गरेको बताएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा आयोजित जनआन्दोलनका शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले दुबैजनाको समझदारीमा यस्तो निर्णय भएको बताएका हुन् ।
पार्टी कार्यालयमा अध्यक्ष प्रचण्डले यस्तो बतार्ईरहँदा अर्का अध्यक्ष ओली भने प्रधानमन्त्री रोजगार योजनाको उद्घाटनको लागि राष्ट्रिय सभागृहमा व्यस्त थिए । ओलीले जनयुद्ध दिवसको विषयमा कुनैपनि अभिव्यक्ति र टीकाटिप्पणी समेत दिएका छैनन् । तर, प्रचण्डले भने कार्यक्रममा यस्तो खुलासा गरेका हुन् ।
उनले २१ औं शताब्दीमा जनताको मन जितेर तीनै तहको सरकारमा कम्युनिष्टहरुको वर्चस्व हुनु जस्तो विश्वलाई नै आश्चर्य चकित बनाउने काम अरु नभएको भन्दै जनयुद्ध दिवसले नेकपालाई एक ढिक्का बनाउन सहयोग पुर्याएको उनले दाबी गरे ।
उनले पछिल्लो चरणमा नेपालमा कम्युनिष्ट पार्टीहरुको एकता पनि दुनियाँमा नयाँ उदाहरण बनेर अघि आएको धारणा उनले व्यक्त गरेका छन् । उनले हिजो अस्तिसम्म ओली पनि यो कार्यक्रममा सहभागी हुने तयारी भएको भएपनि सरकार गठन भएको एक वर्ष पुगेको र त्यस सम्बन्धमा गर्नेपर्ने काममा लागेकोले ओली आउन नसकेको कुरा दहालले कार्यक्रममा प्रट्याए।
पार्टी एकतापछि मनाइएको जनयुद्ध दिवसले बैचारिक राजनीतिक एकतालाई सुदृढ गर्न र सांगठनिक एकताका लागि महत्वपूर्ण हुनेभन्दै उनले भने ‘यहाँसम्म आइपुग्दा हामी संवैधानिक व्यवस्थाभित्र शान्तिपूर्ण रुपमा समाजवाद उन्मुख राज्यतर्फ अघि बढ्ने प्रतिवद्धमा अघि बढेका छौ।’ उनले अहिलेपनि एकतामा नआएका कम्युनिष्ट पार्टीहरुलाई पनि एकतावद्ध भएर अघि बढ्न आह्वान गर्दे जनयुद्धमा सहभागी भएका सवै समूह र पार्टीहरुलाई सबै खालका ‘कन्फ्युजन’ छाडेर एकताबद्ध हुन अपिल गरे । उनले भने, ‘मुलुकको परिवर्तनलाई सफल पार्ने जिम्मेवारी सबैको हो, हामी सबै एकै स्थानमा गोलवद्ध हुन सक्यौ भने छिटै हामि सफल हुनेछौ । ’