दक्षिणी ४ स्थानीय तहमा बिपद् ब्यबस्थापनमा समिति मात्रै
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७५ फागुन १ बुधबार
523
Shares
पुनर्वास । कञ्चनपुरका दक्षिणी क्षेत्रका स्थानीय निकाय स्थानीय ४ तहहरुमा बिपद् शिर्षकम बजेट बिनियोजन गरिए पनि चालु आर्थिक वर्षको ७ महिना बित्दा समेत आबश्यक राहत सामाग्री तयार गरिएको छैन । बाढीको उच्च जोखिममा रहेका जिल्लाका दक्षिण क्षेत्रका स्थानीय निकाय पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका ,लालझाडी गाउँ पालिकामा राहतका लागि खाद्य र गैर खाद्य सामाग्री खरिद गरिएको छैन ।
आर्थिक वर्षको ७ महिना बित्दा स्थानीय निकायहरुले बिपद् ब्यबस्थापन समिति गठन बाहेक अन्य काम गरिएको छैन । स्थानीय निकायले बिपद्मा परेका र जोखिममा रहेका मानव बस्तीको जोखिम न्यूनीकरणका लागि राहत तथा उद्धार सामाग्री तथा खाद्य र गैर खाद्य सामाग्री खरिद गरि भण्डारको ब्यबस्था गर्नु पर्ने भए पनि हुन सकेको छैन ।
बिपद् शिर्षकमा पुनर्वास नगरपालिकाले ६ लाख बिनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेयले बताए । उनले भने " बिपद् ब्यबस्थापन योजना निर्माण शिषकमा १ लाख ५० हजार , राहत ,उद्धार ,खाद्य तथा गैर खाद्य सामाग्रीका लागि १ लाख ५० हजार र बिपद् ब्यबस्थापन समिति गठन, संचालन तथा क्षमता बिकास तर्फ ३ लाख बजेट बिनियोजन गरिएको छ ।"
पुनर्वास नगरपालिकाका ५,९ र १० नम्बर वडा बाढीको उच्च जोखिममा रहेका छन यी वडाहरुमा दोंदा नदीको बाढिले बर्सेनि अन्नबाली र डुबानबाट क्षेती गर्दै आएको छ । जनचेतनामूलक कार्यक्रम र वडा स्तरमा बिपद् ब्यबस्थापनका समिति गठन गरि सकेको पुनर्वास नगरपालिकाका बिपद् फोकल पर्सन ओमनाथ ढकालले बताए ।
दक्षिणी क्षेत्रकै अर्को नगरपालिका बेलौरीले पनि समिति गठन बाहेक अन्य बिपद्को तयारी गरि सकेको छैन। बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबिलाल नेपालीले भने नगरपालिकाले बिपद् शिर्षकमा १५ लाख बिनियोजन गरेको छ । उनी भन्छन् नगर स्तरीय र वडा स्तरीय समिति भने गठन भइ सकेका छन् । प्रमुख प्रशासकीय अधिकृत नेपालीले भने " समितिबाट माग भइ नआएको कारण पनि राहत खाद्य तथा गैर खाद्य सामाग्री र उद्धार सामाग्री खरिद हुन नसकेको हो ।"
जिल्लाको दक्षिणी भेगको दोंदा नदीबाट सबै भन्दा धेरै बाढीको जोखिमबाट क्षेती झेल्दै आएको लालझाडी गाउँ पालिकामा पनि समिति गठन बाहेक अन्य कार्य हुन सकेका छैनन् । बिपद् शिर्षकमा ५ लाख बिनियोजन गरेको लालझाडी गाउँ पालिकाले समिति गठन भने गरेको छ । कार्यकारी अधिकृत शेरबहादुर बुढाले भने "गाउँ पालिका स्तरीय समिति बनाएकाछौं तर सामाग्री भने खरिद भइ सकेको छैन । "
बाढिको उच्च जोखिममा रहेका जिल्लाका दक्षिणी क्षेत्रका स्थानीय तहहरुमा बिपद् ब्यबस्थापनका निम्ति प्रभावकारी पहल हुन सकेका छैनन् । बिपद् आउनु पुर्व नै ब्यबस्थापन गरिसक्नु पर्ने भए पनि स्थानीय निकायहरुको ढिलाईले जोखिमको क्षेती न्यूनीकरण प्रभावकारी हुन नसक्ने देखिएको जानकारहरु बताउछन् ।
२०६५ देखि कञ्चनपुरका दक्षिणी भेगका पुनर्वास,बेलौरी, लालझाडी र बेलडाँडी गाउपालिकाहरुमा तटिय क्षेत्रका बासिन्दाहरुले बाढीका कारण क्षेती बेहोर्दै आएका छन् । दक्षिणी क्षेत्रका चार स्थानीय तहहरुमा चौधर,झरना सागर र दोंदा नदीहरुले बर्सेनि कटान ,डुबानका कारण अन्नबाली र मानवीय क्षेती पुगाउदै आएका छन् ।
बाढीका कारण बिपद्् झेल्दै आएका यी स्थानिय तहहरुमा ब्यबस्थापनमा देखिएको ढिलाईले जोखिम न्युनिकरणमा प्रभाकारी भुमिका खेल्न नसक्ने स्थानीयहरु बताउँछन् । जिल्लाका दक्षिणी क्षेत्रका ४ स्थानीय तहरुमा बर्सेनि क्षेती पुगाउदै आएका दोंदा,चौधर र झरना सागर नदिहरुको बाढी नियन्त्रणमा कुनै पहल हुन नसक्दा स्थानिय हरुले जोखिम झेल्दै आएका हुन ।