arrow

उपप्रधानमन्त्री पोखरेलद्वारा दीक्षान्त कवाज निरीक्षण

logo
प्रकाशित २०७५ माघ २९ मंगलबार
puraskar.jpg

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नवलपरासी जिल्लाको हात्तीखोरस्थित राष्ट्रिय सेवा दल, मध्य तालीम शिक्षालयमा सञ्चालित चौथो चरणको सिनियर डिभिजन तालीमको दीक्षान्त कवाज आज निरीक्षण गरे।

राष्ट्रिय सेवा दलका सहसंरक्षकसमेत रहनुभएका रक्षामन्त्री पोखरेलले समारोहमा प्रशिक्षार्थीलाई दज्र्यानी चिह्न प्रदानका साथै शिल्ड तथा पुरस्कार प्रदान गरेका थिए । सो अवसरमा रक्षामन्त्री पोखरेलले प्रशिक्षार्थीबाट हुने प्रेरणादायी जानकारी तथा विभिन्न प्रदर्शनीको अवलोकन गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

राष्ट्रिय सेवा दलद्वारा सञ्चालित सि.सं. १४ सिनियर डिभिजन र सि.सं. ४५ जुनियर डिभिजन तालीममा सहभागी क्याडेट छात्रछात्राको वार्षिक सामूहिक क्याम्पमध्येको उक्त क्याप एक हो । अनुशासित, मर्यादित, संस्कारयुक्त नागरिक, सामाजिक दायित्व, राज्यका संस्थाप्रति सम्मान, मुलुक र राष्ट्रियताप्रति समर्पित, नेतृत्व र व्यक्तित्व विकास, सामान्य सैनिक कला, विपद् व्यवस्थापन र विपत्तिको समयमा स्वयम्सेवकका रुपमा भूमिका निर्वाह गर्न सक्षम बनाउने उद्देश्यले नेपाली सेनाले विद्यालयका छात्र छात्रालाई सहभागी गराई तालीम प्रदान गर्दै आएको छ । यो तालीम २०२२ सालबाट सञ्चालन हुँदै आएको नेपाली सेनाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ