भारतको कोठीमा बेचिन पुगेका पाँच नेपालीलाई लगाइयो परिवारको जिम्मा
प्रकाशित २०७५ माघ २९ मंगलबार
257
Shares
काठमाडौं । भारतको आग्राको कोठीमा बेचिन पुगेका पाँच नेपाली महिलाहरुको डिएनए. परीक्षणपछि परिवारजनलाई हस्तान्तरण गरिएको छ । भारतको उत्तर प्रदेश राज्यको आग्राको कोठीमा बेचिन पुगेका ५ नेपाली महिलाको समाजसेवी बालकृष्ण पाण्डे र माइती इन्डियाको विशेष पहलमा उद्धार गरिएको थियो ।
भारतमा दलाल र नक्कली बाबुआमा बनी उद्धार गरिएका पीडिताहरुलाई पूनः बेच्ने गरेको पाइएपछि समाजसेवी बालकृष्ण पाण्डेको पहलमा भारतको विशेष अदालत र जिल्ला अदालतको निर्देशन बमोजिम नेपाल ल्याईएका ५ जना चेलीहरु परिवारजनलाई हस्तान्तरण गरिएको हो ।
५ चेलीहरुमध्ये ३ जना प्रहरी प्रधान कार्यालयका ए.आई.जी. पुस्कर कार्की, एस.एस.पी. ईश्वर बाबु कार्की, एस.पी. कृष्ण हरि शर्माको समन्वयमा अपराध अनुसन्धान विभाग केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाका प्रमुख राकेश कुमार सिंहको नेतृत्वमा डि.एस.पी. रविन भण्डारी लगायतको टिमले सात दिनभित्रमै परिवारजन र पीडिताको डि.एन.ए. रिपोर्ट तयार पारी बालकृष्ण पाण्डेलाई हस्तान्तरण गरेका छन् ।
नेपालमा भारतबाट उद्धार गरी ल्याईएका पीडिता महिला चेलीहरुलाई आवश्यक कागजातहरुका साथै डि.एन.ए. परीक्षण गरी हस्तान्तरण गरिएको यो प्रथम पटक हो ।