arrow

चट्याङ लागेर डडेल्धुरामा ४ को मृत्यु, ६ जना घाइते

logo
शेर नेपाली,
प्रकाशित २०७५ माघ २९ मंगलबार
lightning.jpg

डडेल्धुरा । करिब एक महिना यता चट्याङ लागेर डडेल्धुरामा मात्रै ४ जनाको ज्यान गएको छ भने अन्य ६ जना घाईते भएका छन । मृत्यु हुने मध्ये एकजना बझाङका र अन्य बाँकी ३ जना डडेल्धुरा स्थायी ठेगाना रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरि नायब उपरिक्षक डम्बर बहादुर केसिले जानकारी दिएका छन् ।

अचानक चट्याङ खस्दा जोगिने समय पनि नहुने भएकाले बढी जसो व्यक्तिले घट्नास्थलमै ज्यान गुमाउनु परेको प्रहरी नायव उपरिक्षक केसीले बताए। मौसम प्रतिकुल भएको बेला सुरक्षित रहन सकेसम्म घरभित्रै बस्नु राम्रो हुने उनको सुझाव छ ।

उता राहत लिनका लागि हालसम्म कुनै पिडित पनि सम्पर्कमा नआएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ । विपद्बाट उत्पन्न मानवीय असरहरू न्यूनीकरण गर्नका लागि प्रतिकार्य क्षमता अभिवृद्धि गर्र्दै प्रभावितहरूका आधारभूत आवश्यकताहरूलाई समयमा नै प्रभावकारी एवं समन्वयात्मक रुपमा सुनिश्चितता गर्ने उद्देश्यले जिल्लामा दैविक प्रकोप उद्दार समिति स्थापना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ