arrow

जनतासँग सांसद कार्यक्रममा गगन थापा आफ्ना क्षेत्रका मतदातासँग

कपन क्षेत्रको विकासमा केन्द्रीत भए गगन थापा

logo
प्रकाशित २०७५ माघ २८ सोमबार
gagan-janata-saga-samsad.jpg

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा काठमाडौ क्षेत्र नं ४ का सांसद गगनकुमार थापाले जनतासँग जोडिने आफ्नो नविन कार्यक्रम “जनतासँग सांसद” मार्फत क्षेत्रका मतदाता तथा नागरिकहरुसँग सम्वादमा जुटेका छन्। यहि सिलसिलामा थापाले सोमबार “जनतासँग सांसद” अन्तर्गत बुढानिलकण्ठ नगरपालिका वडा नं १०, ११ र १२ का जनतासंग छलफल तथा अन्तरक्रिया गरेका छन्।

सोमवार थापाले बुढानिलकण्ठ नगरपालिका वडा नं १० ११ र १२ हुँदै गोकर्णे सरस्वती नगर जोड्ने खहेरे मार्गमा ढल तथा कालोपत्रे लगायत आनिगुम्बामा निर्माणधिन सडक तथा ढलको विषयमा स्थानिय नागरिकहरुसँग कार्यस्थलमै गइ जानकारी लिनुका साथै सम्वन्धित अधधिारीहरुलाई निर्देशन समेत दिएका छन्। थापाले स्थानीय समस्या, आवश्यकता र भइरहेका कामका बारेमा जानकारी लिनुको साथै आम सर्वसाधारणको गुनासो तथा समस्याको पहिचान तथा समाधानको निम्ति, सम्बन्धित कार्यालयका प्रतिनिधि, वडा अध्यक्ष सहितको उपस्थितिमा अन्तरक्रिया समेत गरे।

कार्यक्रममा थापासँगै प्रदेश सभा सदस्य कुसुम कुमार कार्की प्रदेश सभा सदस्य न्हुच्छे नारायण श्रेष्ठ बुढानिलकण्ठ नगरपालिका वडा नं १० का वडा अध्यक्ष नवराज भट्टराई, ११का वडा अध्यक्ष  राजु अधिकारी, १२ का वडा अध्यक्ष शम्भु प्रसाद भट्टराई, काठमाडौं महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष दिपेन्द्र लामा, सडक बिभागका डिजी, इन्जिनियर निर्माण व्यवसायी लगायत बिभिन्न राजनीतिक दलका प्रतिनिधि स्थानीयको उपस्थिति थिए।

कार्यक्रममा सांसद थापाले साततले आनीगुम्बा सडक र त्यसका प्रभावितहरूको समस्यालाइ समाधान गरि चाँडो भन्दा चाँडो बर्खा अगावै कसरि सो क्षेत्रको समस्या समाधान गर्न सकिन्छ भनेर छलफल कार्यक्रम आयोजना गरेको बताए। उनले केहि समय अगाडी प्रदेश सभा सदस्य नगर प्रमुख लगायतसंग बसेर बुढानिलकण्ठ नगरपालिका भित्र निर्माणाधिन धोबीखोला करिडोर खानेपानी लगायत आयोजनाहरुको बारेमा लामो छलफल गरेको र केहि कार्य बिभाजन समेत गरेको जानकारी गराएका थिए।

थापाले बुढानिलकण्ठ नगरपालिकामा निर्माणाधीन ठुला सडकहरु जेष्ठ र अषाढ महिना सम्ममा सम्पन्न भइसक्नु पर्ने भएपनि सम्पन्न नभएको उल्लेख गर्दै गोपीकृष्णहल बाट प्रवेश गर्ने वित्तिकैको बाटो सबैभन्दा पहिला बिग्रने भएकोले सो चाडै सम्पन्न हुनु पर्ने बताए।

सांसद थापाले हालको कामको गति र काम हेर्दा यो बर्खा झन् बढी दुख पाउने अवस्था देखिएको बताए। उनले बर्खा अगाडीनै काम सकि समस्या आउन नदिनको लागि सबैसँग सहकार्य र समन्वय गरि अगाडी बढ्ने योजना सुनाए। 

थापाले आनी गुम्बा सडक लामो समयको मेहेनत र दौडधुप पछाडी निर्माण गर्ने ठाउँसम्म पुगेको र त्यतिबेला खुसियाली मनाएको स्मरण गर्दै अहिले निर्माण गर्ने बेलामा काम फेरी किन रोकियो भनेर अड्डामा पुगेको बताए।

सांसदको कार्यालय स्थापना गरेर त्यस मार्फत निर्वाचन क्षेत्रका कामहरु गर्दै आइरहेका थापाले आफु निर्वाचित निर्वाचन क्षेत्रलाई लक्षित गरेर विभिन्न नयाँ कार्यक्रम तथा अभियानहरु संचालन गर्दै आएका छन् ।उनले यसअघि “कर्तव्यसँगै अधिकार” अभियान मार्फत् आफ्नो निर्वाचन क्षेत्रका जनतालाई अधिकार माग्न मात्र होईन कर्तव्य तर्फ पनि ध्यान दिन घचघच्याएका थिए। यस अभियान अन्तर्गत सरसफाई बढी जोड दिइएको सांसदको कार्यालयले जनाएको छ । 

कार्यक्रममा सडक बिभागका प्रतिनिधि, निर्माण व्यवसायीहरुले समयमै काम सक्न कतिपय प्राविधिक कठिनाइले अप्ठ्यारो पारेको बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ