arrow

विश्वसम्पदा सूचीका लागि जानकी मन्दिरको अधिकांश प्रक्रिया पुरा

logo
राखी साह,
प्रकाशित २०७५ माघ २४ बिहिबार
janakpurs.JPG

जनकपुरधाम ।  प्रदेश नम्बर दुईको राजधानी जनकपुरधाम रहेको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा लैजानका लागि अधिकांश प्रक्रिया पुरा भई सकेको पुरातत्व विभागले बताएको छ ।

जानकी मन्दिरलाई विश्वसम्पदामा लैजानका लागि पूर्वाधार बुझ्न युनेस्कोबाट आएका क्रिष्टन मनहर्टसँग आएको पुरातत्व विभागका टोलीले जनकपुरधाम उपमहा नगरपालिकासँगको भेटघाट मा सो कुरा बताए।

जानकी मन्दिरको अवलोकन तथा पूर्वाधार हेर्न आएका मनहर्टले विश्वसम्पदा सूचीका लागि अधिकांश प्रक्रिया पुरा भएपनि केही अझै गर्नुपर्ने सुझाव दिए । युनेस्कोबाट आएका क्रिष्टन मनहर्टले जनकपुरधाम उपमहानगरपालिकका प्रमुख  लालकिशोर साहलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउनका लागि पूर्वाधार सम्बन्धी पुस्तक हस्तन्तरण गर्दै भने, ‘जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन अझै केही कार्य गर्नुपर्ने बताए ।  यो पुस्तकमा उल्लेख अनुसार गर्न आवश्यक हो ।’

उपमहानगरपालिकासँग भेटघाट पश्चात् मेयर लालकिशोर साह, उपमेयर रिता कुमारी मिश्र सहितले  युनेस्कोबाट आएका क्रिष्टन मनहर्टलाई सम्मान समेत गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ