arrow

विप्लबको पार्टीका विद्यार्थीको शैक्षिक हड्ताल, विद्यार्थी मर्कामा

logo
प्रकाशित २०७५ माघ २४ बिहिबार
biplab-maobadi.jpeg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेत्र विक्रम चन्द विप्लवको विद्यार्थी संगठनले बिहीबार शैक्षिक हड्ताल गरेको छ । 

आफ्ना विद्यार्थी नेता पक्राउ गरिएको विरोधमा शैक्षिक हड्ताल गरिएको विद्यार्थी संगठनले जनाएको छ । 

विद्यार्थी संगठनका महासचिव प्रकाश शाहीले आफ्ना केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकको गैरन्यायिक हिरासत विरुद्ध शैक्षिक हड्ताल गर्नुपरेको बताएका छन् । 

विकलाई गत माघ १७ गते पूर्व मेचीमा संवोधन गरेर फर्कने क्रममा एयरपोर्टबाटै प्रहरीले पक्राउ गरेको थियो । 

उनलाई भेट्नसमेत नदिइएकाले माघ २१ गतेदेखि नै विभिन्न चरणका आन्दोलनहरु भइरहेको शाहीले बताए । सोही क्रममा बिहीबार शैक्षिक हड्ताल गरिएको उनको भनाइ छ । 

विद्यार्थी मर्कामा
यो बन्दले विद्यार्थी भने मर्कामा परेका छन् । केही विद्यालयका विद्यार्थीहरु विद्यालय जाने तरखरमा रहिरहँदा विद्यालयबाटै ढिलागरी बन्दको जानकारी पाउँदै गएका छन् ।

केही विद्यालयहरु भने अलमलमा रहँदा विद्यार्थीलाई समस्या भएको छ । मौसम पनि राम्रो नहुँदा विद्यार्थीहरु झन् अलमलमा छन् । 

निजी विद्यालयहरुले विद्यार्थीहरुको सुरक्षालाई ख्यालमा राखेर बन्द गर्नुपरेको जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ