arrow

बालिका अपहरणमा गुप्ता दम्पती : पैसा बुझ्ने श्रीमती, लुकाउने श्रीमान

logo
प्रकाशित २०७५ माघ २२ मंगलबार
balika.jpg

काठमाडौँ । बालिका अपहरणमा संलग्न गुप्ता दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ ।  गए राति महोत्तरीको भित्तामोडमा लुकीछिपी बसिरहेको अवस्थामा बालिका अपहरण गर्ने जनकपुरका मनिषकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको हो  ।

  प्रसूतिगृहमा कार्यरत चिकित्सक बबिता शाहकी दुई वर्षीया छोरी सन्दिज्ञलाई अपहरण गर्ने जनकपुरका मनिषकुमार गुप्तालाई मंगलबार प्रहरीले पक्राउ गर्‍यो भने उनकी पैसा बुझ्ने श्रीमती अर्चना गुप्तालाई प्रहरीले सोही दिन पक्राउ गरेर मुद्दा दर्ता गर्नाका साथै अनुसन्धान जारी राखेको छ ।

गुप्तालाई पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता होबीन्द्र बोगटीले जानकारी दिए । उनलाई अहिले काठमाडौँ ल्याउन लागिएको जानकारी दिँदै उनले आजै पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने बताए । गुप्ताले यही माघ ११ गते काठमाडौँको कोटेश्वरस्थित घरबाट ती बालिकालाई अपहरण गरेका थिए ।

गुप्ताका परिवारले जनकपुरमा पैसा बुझेपछि उनले सोही दिन तिलगङ्गास्थित गणेश होटल अगाडि बालिका छाडेर फरार भएका थिए । उनी हाल परिसरको हिरासतमा छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ