arrow

कांग्रेसका युवा सक्रिय हुन आवश्यक : खतिवडा

logo
प्रकाशित २०७५ माघ २२ मंगलबार
ramhari.JPG

धनकुटा । नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले कांग्रेस भित्रको गुट उपुगुटको अन्त्य गर्न युवा सक्रिय हुनुपर्ने बताएका छन् । सोमबार धनकुटामा भेटघाट गर्दै पूर्व सांसद खतिवडाले कांग्रेसलाई गुटउपगुटले कमजोर बनाएकोले गुटउपगुट रहित सशक्त कांग्रेस बनाउन युवा सक्रिय हुनु पर्ने आजको आवाश्यक्ता रहेको वताएका हुन् ।

सो अवसरमा नेपाली कांग्रेस धनकुटकाका सचिव विजय सन्तोषी राई, नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगाना,नेपाली कांग्रेस तेलियाका सभापति मेखराज खतिवडा,नेपाल प्रेस युनियन धनकुटका सचिव विकास घिमिरे लगायतले कांग्रेसलाई बलियो बनाउन सवै एकहुने पर्ने गुटउपगुटमा बिभाजन हुन नहुने वताउदै कांग्रेसलाई अव सशक्त र शक्तिशाली बनाउन युवाको काथमा जिम्मेवारी आएकोले युवा नेताहरु तयार रहन नेता खतिवडालाई आग्रह गरे ।

नेता खतिवडासँगको भेटघाटमा नेपाली कांग्रेस धनकुटका जिल्ला सदस्य लेखनाथ पौडेल,नेपाली कांग्रेस धनकुटा नगरपालिका वडा नं. ९ का सभापति दामोदर सुवेदी,पूर्व सभापति रङ्गलाल रोईला,नेपाली कांग्रेसका युवा नेता नविन दाहाल,धनकुटा नगर सदस्य जयमणी घिमिरे लगायतको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ