arrow

३ वर्षीया बालिका करणीको आरोपमा ३० वर्षीय मदन पक्राउ

logo
प्रकाशित २०७५ माघ २१ सोमबार
pakrau-new.jpeg

रुकुम (पूर्व) । ३ वर्षीया बालिकालाई करणी गरेको आरोपमा ३० वर्षीय मदन गौतम पक्राउ परेका छन् ।  बालिका बलात्कारको अभियोगसँगै सिस्ने गाउँपालिका–५ बाहुनठानाका गौतमलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई  बलात्कारको अभियोगमा सोमबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

मादक पदार्थ सेवन गरी लठ्ठै भएका गौतमलाई सोही ठाउँकी ३ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बालिकाको शारीरिक अवस्था हेर्दा बलात्कार भएको हुनसक्ने अनुमान प्रहरीको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ