३ वर्षीया बालिका करणीको आरोपमा ३० वर्षीय मदन पक्राउ
प्रकाशित २०७५ माघ २१ सोमबार
539
Shares
रुकुम (पूर्व) । ३ वर्षीया बालिकालाई करणी गरेको आरोपमा ३० वर्षीय मदन गौतम पक्राउ परेका छन् । बालिका बलात्कारको अभियोगसँगै सिस्ने गाउँपालिका–५ बाहुनठानाका गौतमलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई बलात्कारको अभियोगमा सोमबार प्रहरीले नियन्त्रणमा लिएको हो ।
मादक पदार्थ सेवन गरी लठ्ठै भएका गौतमलाई सोही ठाउँकी ३ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बालिकाको शारीरिक अवस्था हेर्दा बलात्कार भएको हुनसक्ने अनुमान प्रहरीको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए ।