arrow

सङ्घीयता असफल बनाउने षड्यन्त्र भयो : विश्वप्रकाश शर्मा

logo
रासस,
प्रकाशित २०७५ माघ २१ सोमबार
bishwa-prakash-sharma.jpg

चितवन। नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सङ्घीयतालाई असफल बनाउने षडयन्त्र भइरहेको बताएका छन्। काङ्ग्रेस चितवनले आज यहाँ आयोजना गरेको विरोध प्रदर्शनमा उनले अहिले लोकतन्त्र, सङ्घीयतालाई असफल र अलोकप्रिय बनाउने खतरा बढेको बताए।

प्रदेश सरकारको नामाकरण गर्न र राजधानी तोक्ने विषयमा सरकारले समन्वय गर्न नसकेको उनले बताए। प्रदेश सरकारलाई दिइने अधिकारका विषयमा पनि केन्द्रीय सरकारले अहिलेसम्म निर्णय गर्न नसक्दा सङ्घीयता असफल बनाउने खतरा बढेको उनको भनाइ थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ