arrow

हिमालपारीको जिल्ला मनाङमा पनि सरकार बिरोधी प्रदर्शन

logo
प्रकाशित २०७५ माघ २१ सोमबार
manang-congress.JPG

मनाङ । हिमालपारीको जिल्ला मनाङमा नेपाली कांग्रेसले सरकार विरोधी प्रदर्शन गरेको छ । मनाङ कांग्रेसका  नेता तथा कार्यकर्ताहरुले सरकारको विरोधमा प्रदर्शन गरेका हुन् । 

मनाङबाट प्रतिनिधित्व गर्ने सांसद कर्मा घले, पूर्वमन्त्री टेकबहादुर गुरुङ लगायतका नेताहरुले प्रदर्शनको नेतृत्व गरेका थिए । कांग्रेस कार्यकर्ताहरु विरोध प्रदर्शनका व्यानर र झण्डासहित सडमा उत्रिएका छन् ।

सहभागि बक्ताहरुले सरकारको अधिनायकवादको विरोध,संसदीय सर्वोच्चता कायम गर्न, सरकारको भ्रष्टाचार, वाइडबडी भ्रष्टाचारीलाई कार्वाही गर्न, निर्मला पन्तका बलात्कारी र हत्यारालाई कार्वाही लगायतका माग राखेका थिए ।

उनिहरुले डा गोविन्द केसीसंग भएका सम्झौता पूरा गर्न,चर्को मुल्यवृद्धि फिर्ता गर्न, तेत्तीस किलो सुनकाण्डका गिरोहलाई कार्वाही गर्न, अनियमित बुढीगण्डकी ठेक्का बदर गर्न, सुशासन कायम गर्न, विधिको शासनको पूर्ण पालना गर्न माग राख्दै होलीवाइनको सन्दर्भ जोडेर परम्परा तोडेको आरोप लगाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ