बर्दिया । सरकार विरुद्ध प्रतिपक्ष दल नेपाली कांग्रेस बर्दियाले पनि विरोध जनाएको छ । सरकारले हत्या हिंसा बलात्कार, महगी लगायतका विषयहरुलाई रोक्न नसकेको भन्दै विरोध गरेको हो ।
सत्तावदी कम्युनिष्ट सरकारले सृजना गरेको राज्य आतंकलाई रोक्न नसकेको भन्दै विरोध प्रदर्शन गरिएको नेपाली कांग्रेस बर्दियाका कार्यबाहक सभापति मिश्रीलाल यादबले वताए । नेपाली कांग्रेस जिल्ला कार्यसमिती बर्दियाले विरोध प्रदर्शनमा सैयौको संख्यामा नेपाली कांग्रेसका कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
कांग्रेस पार्टी कार्यालय गुलरियाबाट शुरु भएको बिरोध प्रदर्शन गुलरियाको राधा कृष्ण चौक हुदै बजार परिक्रमा गर्दै पुन राधाकृष्ण चौकमा पुगि कोण सभामा परिणत भएको थियो ।