धनकुटा कांग्रेसले भन्यो - सरकार राज्य संचालन गर्न असफल
प्रकाशित २०७५ माघ २१ सोमबार
290
Shares
धनकुटा । धनकुटा कांग्रेसले सरकार राज्य संचालन गर्न असफल रहेको बताएको छ । सोमबार धनकुटा कांग्रेसले सरकार विरोध प्रदर्शन गरि महंगी, भ्रष्टाचार, कर बृद्धी लगायत दिन प्रतिदिन सरकारले जवरजस्ती जनविरोधी निर्णयहरु गर्दै आएकोले सरकारको गरेको जनविरोधी निर्णयहरुले राज्य संचालन गर्न असफल भएको बताएको हो ।
नेपाली कांग्रेस धनकुटको पार्टी कार्यालय सहिद भिम नारायण स्मृती भवनबाट सुरु भएको विरोध र्याली बजारको विभिन्न भागहरुको परिक्रममा गरी धनकुटा बर्सपार्कमा पुगी सभामा परिणत भएको थियो ।
सभामा केन्द्रीय प्रतिनिधि तथा नेपाल ट्रेड युनियन कांग्रेसका निर्वतमान केन्द्रीय अध्यक्ष खिलानाथ दाहालले दिन प्रतिदिन मंहगी, भ्रष्टाचार, बलात्कारको घट्ना बढ्दै गएको वताए । ओली सरकारले संसदीय प्रणालीलाईनै ध्वस्त बनाउदै लगेको जवर्जस्ती र असंबैधानिक अधिनायकबाट शैलीबाट अगाडी बढेकोले बाध्य भएर सडकमा उत्रनु परेको वताए ।
नेपाली कांग्रेस धनकुटका सभापति अग्नी प्रसाद पौडेलको अध्यक्षतमा सम्पन्न भएको विरोध सभामा नेपाली कांग्रेस धनकुटाका उपसभाती नविन किशोर शाक्य, सचिव विजय सन्तोषी राई लगायतले ओली सरकारको निर्णयहरुबाट सवै क्षेत्रका जनसमुदाय त्रसित र आतंकित बनाएकोले आन्दोलनमा उत्रिएकोले अव ओली सरकारको दिन गन्ती सुरु भएको वताए।
ओली सरकारको र धनकुटाका स्थानीय तहहरुको सकारले गरेको कर बृद्धी,महंगी,भ्र्ष्टाचारको विरुद्धमा धनकुटकाका सात वटै तहमा सशक्त सडक आन्दोलन गर्ने नेपाली कांग्रेस धनकुटकाका कोषाध्यक्ष दिनेश राईले वताए ।