जुम्लाको चिसोमा कांग्रेसले ततायो, सदरमुकाम कांग्रेसमय
प्रकाशित २०७५ माघ २१ सोमबार
847
Shares
जुम्ला । नेपाली कांग्रेसले जुम्लाको चिसोमा कार्यकर्ता तताएको छ । जुम्ला सदरमुकाम खलङ्गामा कांग्रेसले विरोध प्रदर्शन गरेको छ । कांग्रेस नेतासहित कार्यकर्ताले सदरमुकाम खलङ्गामा प्रदर्शन गरेका हुन् । कांग्रेस कार्यकर्ताहरु विरोध प्रदर्शनका व्यानर र झण्डासहित सडमा उत्रिएका छन् ।
के के हुन् १६ वटा मुद्दा ?
कांग्रेसले १६ वटा मुद्दालाई सोमबारको विरोध सभामा उठाउँदै छ । उसले समसामयिक विषयका मुद्दा नै उठाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसका आफ्ना मुद्दा नै छैनन् भनी ब्यङ्ग्य कस्दै आएका छन् ।
यही सेरोफेरोमा कांग्रेसले १६ मुद्दा उठाएको हो । ती मुद्दाहरु यस्ता छन्–
१, सरकारको अधिनायकवादको विरोध
२, संसदीय सर्वोच्चता कायम गर्न माग
३, सरकारको भ्रष्टाचार
४, राज्य आतंक बन्द गर्न माग
५, संसदीय मर्यादा पालना गर्न माग
६, हत्याहिंसा बन्द गर्न माग
७, वाइडबडी भ्रष्टाचारीलाई कार्वाही गर्न माग
८, निर्मला पन्तका बलात्कारी र हत्यारालाई कार्वाही माग
९, डा गोविन्द केसीसंग भएका सम्झौता पूरा गर्न माग
१०, चर्को मुल्यवृद्धि फिर्ता गर्न माग
११, तेत्तीस किलो सुनकाण्डका गिरोहलाई कार्वाही गर्न माग
१२, अनियमित बुढीगण्डकी ठेक्का बदर गर्न माग
१३, सुशासन कायम गर्न माग
१४, विधिको शासनको पूर्ण पालना गर्न माग
१५, होलीवाइनको सन्दर्भ जोडेर परम्परा तोडेको आरोप
१६, राज्य संचालन पारदर्शी गर्न माग ।