arrow

अर्घाखाँचीमा मुठ्ठी बाँधेर सडकमा उत्रिए काँग्रेस कार्यकर्ता 

logo
प्रकाशित २०७५ माघ २१ सोमबार
arghakhachi.JPG

काठमाडौं। अर्घाखाँचीमा काँग्रेस कार्यकर्ताहरु मुठ्ठी बाँधेर सडकमा उत्रिएका छन् । नेपाली काँग्रेसले सोमबार दिउँसो देशैभर शक्ति प्रदर्शन गर्ने कार्यतालिका अनुरुप अर्घाखाँचीको सदरमुकाम सन्निखर्कमा काँग्रेसले विशाल प्रदर्शन सुरु भएको हो। हातका काँग्रेसको झण्डा र व्यानर बोकेका कार्यकर्ताहरुले केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिपक्षीलाई देख्नै नचाहने र देशमा सुशासन कायम गर्न नसकेको आरोप लगाउँदै विरोध प्रदर्शन गरेका छन् । 

उनीहरुले सरकारले सुरक्षा दिन नसकेकोसहित मर्यादामै नबसेको लगायतका १६ वटा आरोप लगाउँदै काँग्रेसले शक्ति प्रदर्शन गर्न लागेको हो। अर्धाखाँचीमा काँग्रेस केन्द्रीय सदस्य गुरु घिमिरेको नेतृत्वमा काँग्रेसले विरोध प्रदर्शन गर्दैछ । ७७ वटै जिल्लामा छुट्टाछुट्टै विरोध सभा गर्नका लागि सबै केन्द्रीय सदस्यहरु विभिन्न जिल्लामा गएका छन्। पार्टीले केन्द्रीय नेताहरुलाई जिल्ला जानको लागि निर्देशन भने जारी नगरेको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी गराए। 

काँग्रेसले यसपटक काठमाडौं उपत्यकामा पनि छुट्टाछुट्टै कार्यक्रम गर्ने भएको छ । यसअघि काठमाडौं उपत्यकामा एक ठाउँमा मात्रै कार्यक्रम हुँदै आएको थियो । 

के-के हुन् १६ वटा मुद्दा ?
काँग्रेसले १६ वटा मुद्दालाई सोमबारको विरोध सभामा उठाउँदै छ । उसले समसामयिक विषयका मुद्दा नै उठाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसका आफ्ना मुद्दा नै छैनन् भनी ब्यङ्ग्य कस्दै आएका छन् । 

यही सेरोफेरोमा काँग्रेसले १६ मुद्दा उठाएको हो । ती मुद्दाहरु यस्ता छन्–
१, सरकारको अधिनायकवादको विरोध
२, संसदीय सर्वोच्चता कायम गर्न माग
३, सरकारको भ्रष्टाचार
४, राज्य आतंक बन्द गर्न माग
५, संसदीय मर्यादा पालना गर्न माग
६, हत्याहिंसा बन्द गर्न माग
७, वाइडबडी भ्रष्टाचारीलाई कार्वाही गर्न माग
८, निर्मला पन्तका बलात्कारी र हत्यारालाई कार्वाही माग
९, डा गोविन्द केसीसंग भएका सम्झौता पूरा गर्न माग
१०, चर्को मुल्यवृद्धि फिर्ता गर्न माग
११, तेत्तीस किलो सुनकाण्डका गिरोहलाई कार्वाही गर्न माग
१२, अनियमित बुढीगण्डकी ठेक्का बदर गर्न माग
१३, सुशासन कायम गर्न माग
१४, विधिको शासनको पूर्ण पालना गर्न माग
१५, होलीवाइनको सन्दर्भ जोडेर परम्परा तोडेको आरोप
१६, राज्य संचालन पारदर्शी गर्न माग ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ